सिभिल बैंकको नाफा १४.१०%ले घट्यो



काठमाडौं । सिभिल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १५ करोड ८९ लाख ५० हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा १४.१० प्रतिशतले घटी हो । गत आवको सोहि अवधिमा बैंकको नाफा १८ करोड ५० लाख ६२ हजार रुपैयाँ रहेको थियो ।

यो अवधिमा बैंकको वितरणयोग्य नाफा २ करोड ९८ लाख ४२ हजार रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको खुद ब्याज आम्दानीमा केही सुधार भएपनि सञ्चालन मुनाफामा भने गिरावट आएको छ ।

बैंकको खुद ब्याज आम्दानी ५८ करोड ६४ लाख ५५ हजार रुपैयाँबाट बढेर ६० करोड २९ लाख ३८ हजार रुपैयाँ पुगेको छ । बैंकको सञ्चालन मुनाफा गत आवको पहिलो त्रैमसमा २७ करोड १ लाख २१ हजार रुपैयाँबाट घटेर २२ करोड ५९ लाख ५४ हजार रुपैयाँमा झरेको छ । जसको असर नाफा आर्जनमा देखिएको छ ।

८ अर्ब ३३ लाख ९० हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब ६० करोड २२ लाख १५ हजार रुपैयाँ रहेको छ । ४२ अर्ब ९१ करोड ९२ लाख २६ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ४४ अर्ब १८ करोड ९२ लाख ८४ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

यो अवधिमा बैंकको खराब कर्जा ३.०६ प्रतिशतबाट घटेर २.९३ प्रतिशतमा झरेको छ । ७ रुपैयाँ ९४ पैसा प्रतिसेयर आम्दानी रहेको बैंकको प्रतिसेयर नेटवर्थ १२८ रुपैयाँ ७७ पैसा रहेको छ ।


क्लिकमान्डु