बिओकेको नाफा घट्यो, अन्य वित्तीय सुचक सामान्य



काठमाडौं । बैंक अफ काठमाडौें नाफामा ०.८ प्रतिशत गिरावट आएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३८ करोड ६८ लाख २३ हजार रुपैयाँ नाफा कमाउन सफल बैंक चालु आर्थिक वर्षको सोहि अवधिमा नाफामा ३० लाख ९७ हजार रुपैयाँले घटाई ३८ करोड ३७ लाख २५ हजार रुपैयाँ नाफा गरेको हो ।

बैंकद्धारा सार्वजनिक वित्तीय विवरण अनुसार बैंकले असोज मसान्तसम्म ८५ अर्ब ७७ करोड ७७ लाख ८६ हजार रुपैयाँ निक्षेप संकलन गरि ७२ अर्ब ४८ करोड ६२ लाख ६७ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा निक्षेप संकलन ३.६९ प्रतिशत र कर्जा प्रवाह २.८५ प्रतिशतले बढाएको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्म बैंकले ८२ अर्ब ७२ करोड २० लाख ३० हजार रुपैयाँ निक्षेप संकलन गरि ७० अर्ब ४७ करोड ६८ लाख ६३ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।

बैंकले सो अवधिमा बैंकले सो अवधिमा ९७ करोड ७३ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । खुद व्याज आम्दानी गरेको छ । भने १८ करोड ७६ लाख २१ हजार रुपैयाँ बैंकको वितरण योग्य नाफा रहेको छ । हाल बैंकको खराब कर्जा अनुपात १.७३ प्रतिशत, कष्ट अफ फण्ड ७.२९ प्रतिशत, बेसरेट १०.०२ प्रतिशत, स्प्रेडदर ५.१७ प्रतिशत र सीसीडी रेसीयो ७५.५९ प्रतिशत रहेको छ । साथै बैंकको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ४ पैसा र प्रतिसेयर मुल्य १७२ पैसा ७२ रुपैयाँ छ ।


क्लिकमान्डु