नेपाल बंगलादेश बैंकको नाफा ३३ प्रतिशतले बढ्यो



काठमाडौं । नेपाल बंगलादेश(एनबी) बैंकले असोज मसान्तसम्ममा १० करोड रुपैयाँले नाफा बढाएको छ । बैंकले अघिल्लो वर्षको असोज मसान्तको तुलनामा ३३ प्रतिशतले नाफा बढाएको हो ।

अघिल्लो वर्षको असोज मसान्तमा ३० करोड रुपैयाँ नाफा गरेकोमा बैंकले यो वर्षको असोज मसान्तमा ४० करोड रुपैयाँ नाफा गरेको छ ।

५९ अर्ब ३७ करोड रुपैयाँ निक्षेप रहेको एनबी बैंकले ५५ अर्ब ८५ करोड रुपैयाँ कर्जा दिएको थियो । अघिल्लो वर्षको असोज मसान्तमा बैंकको निक्षेप ५९ अर्ब ७२ करोड रुपैयाँ थियो भने कर्जा ५२ अर्ब ५१ करोड रहेको थियो ।

पहिलो त्रैमासको नाफाबाट बैंकले सेयरधनीलाई बाड्ुन मिल्ने नाफा १४ करोड ८६ लाख रुपैयाँ गरेको छ ।

९.८७ प्रतिशत बेसरेट रहेको बैंकले ४.८८ प्रतिशत स्प्रेडदरमा काम गरेको छ ।

बैंकको कर्जा निक्षेप अनुपात ७५.७३ प्रतिशत रहेको छ ।


क्लिकमान्डु