सिटिजन लाइफ इन्स्योरेन्स एनसीएचएलसँग आबद्ध, अब डिजिटल भुक्तानी गर्न सकिने



काठमाडौं – सिटिजन लाइफ इन्स्योरेन्सले भुक्तानी कारोबारलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणाली प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरि दुई संस्थाबीच सम्झौता गरेको छ ।

सम्झौता पत्रमा सिटिजन लाइफ इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

अब सिटिजन लाइफ इन्स्योरेन्सका ग्राहकले इन्स्योरेन्स भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डर भुक्तानी लगायत लगानी ट्रान्स˚र सम्बन्धी कारोबार बैंक खाताबाट सोझै गर्न सक्नेछन् ।


क्लिकमान्डु