मेट लाईफले कमायो ६ करोड ५५ लाख नाफा



काठमाडौं । मेट लाईफ इन्सोरेन्सको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोहि अवधिमा भन्दा २.८२ प्रतिशतले नाफामा वृद्धि गरेको हो । गत आवको पहिलो त्रैमासमा कम्पनीले ६ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार असोज मसान्तसम्म १ अर्ब १४ करोड ४६ लाख रुपैयाँ बीमा शुल्क संकलनगरि ६५ करोड २२ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ । कम्पनीबाट दावी भुक्तानी हुन बाकी रकम भने ४६ करोड ८७ लाख रुपैयाँ रहेको छ ।

उक्त अवधिसम्म कम्पनीकोे खुद बीमा आर्जन भने १ अर्ब ६० करोड ९ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले १ अर्ब १३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीको जगेडाकोषमा २ अर्ब १६ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीकोे १ अर्ब ५८ करोड ३२ लाख रुपैयाँ जगेडा कोषमा रहेको थियो ।


क्लिकमान्डु