सिटिजन्स लाइफ इन्स्योरेन्सको नाफा १२८% ले बढ्यो



काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड १ लाख ३० हजार रुपैयाँ आर्जन गरेको छ ।

जुन गत आवको सोहि अवधिको तुलनामा १२८.१५ ले बढि हो । गत आवको पहिलो त्रैमासमा इन्स्योरेन्सले २ करोड १९ लाख ७२ हजार रुपैयाँ नाफा आर्जन भएको थियो ।

१ अर्ब ७५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको इन्स्योरेन्सको जगेडा कोषमा ३७ करोड ५० लाख १७ हजार रुपैयाँ रहेको छ । यता महा विपत्ती जगेडामा ४ करोड १ लाख ३२ हजार रुपैयाँ रहेको छ ।

इन्स्योरेन्सको ३३ करोड ३५ लाख २१ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको जनाएको छ । चालु आवको पहिलो त्रैमाससम्ममा इन्स्योरेन्सको खुद दाबी भुक्तानी १ करोड ५ लाख ५६ हजार रुपैयाँ रहेको छ ।


क्लिकमान्डु