नेशनल लाइफले गर्यो पहिलो महिला ब्रोकर सुचिता खनालको बीमा दाबी भुक्तानी



काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले स्वर्गीय सुचिता खनालको मृत्यु बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले आज एक कार्यक्रम आयोजना गरी उक्त रकम भुक्तानी गरेको हो ।

उनले ३ वर्ष अघि .५० लाखको जीवन बीमा गरेकी थिइन । कम्पनीले अहिले वोनस सहित ६२ लाख २० हजार रकम बीमा दावी वापत भुक्तानी गरेका हो । उक्त रकम कम्पनीको कार्यकारी प्रमुखले स्व.सुचिता खनालका श्रीमान रामेश्वर प्रसाद खनाललाई हस्तान्तरण गरेका छन् । कार्यक्रममा उक्त दावी छोटो समयमा नै आवश्यक कागजात पेश भएपछि यथाशिघ्र फर्छौट गरिएको कार्यकारी प्रमुखले बताए ।
रामेश्वर प्रसाद खनालले वीमा दावी सहज र शिघ्र तरिकाले भुक्तानी भएकोमा ब्यवस्थापनलाई धन्यवाद ज्ञापन गरे । विमित खनालको उपचारको क्रममा यहि असोज २१ गते मृत्यु भएको थियो ।


क्लिकमान्डु