बैंकमा देखिएको संकट: निक्षेप बढेन, कर्जाको माग नै छैन



काठमाडौं । बैंकिङ क्षेत्रमा कात्तिक लागेसँगै निक्षेप नबढ्ने तथा कर्जाको माग नै नदेखिने समस्या देखिएको छ ।

बैंकहरुसँग कात्तिक २२ सम्ममा २९ खर्ब ६६ अर्ब रुपैयाँ निक्षेप रहेको छ । कर्जा २६ खर्ब ३१ अर्ब रुपैयाँ रहेको छ ।

असोज मसान्तसम्ममा २९ खर्ब ७३ अर्ब रुपैयाँ निक्षेप रहेको थियो भने कर्जा २६ खर्ब २९ रहेको छ । तीन साताको अवधीमा निक्षेप ७ अर्ब रुपैयाँले घटेको छ भने ऋण २ अर्ब रुपैयाँले बढेको छ ।

‘कात्तिक लागेसँगै बैंकमा निक्षेप घटेको छ,ऋणको पनि माग आएको छैन,व्यवसायीहरु ऋण लिन इच्छुक नदेखिएको जस्तो देखिन्छ,’एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले भने ।

पछिल्लो समय बजारमा भएको सेल्स डाउनको असरले समेत ऋणको मागमा कमी आएको बुझाई बैंकरहरुको रहेको छ ।


क्लिकमान्डु