एनएमबी बैंकले माग्यो १८६ जना कर्मचारी, कुन पदमा कति ?



काठमाडौं । एनएमबी बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले सिनियर म्यानेजरदेखि जुनियर असिस्टेनसम्मद गरी कुल १८६ जना कर्मचारी माग गरेको हो ।

बैंकले बुधवार विज्ञापनमार्फत काठमाडौं उपत्यकाभित्र र बाहिरका सबै प्रदेशका लागि आवेदन खुलाएको छ ।

जसमा सिनियर म्यानेजर १ जना, ब्रान्च म्यानेजर १५ जना, रिलेसनसिप म्यानेजर २० जना, एसआर असिस्टेन/सुपरभाइजर १० जना, अफिसर २ जना, जुनियर अफिसर २ जना माग गरेको छ ।

यस्तै, बैंकले च्याटर्ड एकाउटेन ६ जना, एसआर अफिसर २ जना, सर्फवेयर डेभलपर ३ जना, म्यानेजमेन्ट टे«नी २५ जना र जुनियर असिस्टेन १०० जना माग गरेको छ ।

माग गरिएका पदमध्ये म्यानेजर, अफिसर, सुपरभाइजर, च्याटर्ड एकाउटेन र सर्फवेयर डेभलपर पदका लागि बैंकले अन्तर्वार्ताबाट कर्मचारी छनोट गर्नेछ । म्यानेजमेन्ट ट्रेनी र जुनियर असिस्टेन पदमा भने लिखित परीक्षा र अन्तर्वार्ताबाट कर्मचारी छनोट गर्ने बैंकले जनाएको छ ।

बैंकले तोकेको योग्यता पुगेका आवेदकले बैंकको वेवसाइटमार्फत् मंसिर ११ गतेसम्म आवेदन दिन सक्नेछन् ।


क्लिकमान्डु