एभरेष्ट इन्स्योरेन्सको नाफामा ३३८ प्रतिशत वृद्धि, दाबी भुक्तानी भने निराशाजनक



काठमाडौं । एभरेष्ट इन्स्योरेन्सको नाफा १ करोड ५६ लाख रुपैयाँले बढेको छ । ३३८ प्रतिशतले नाफा वृद्धि भएको छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४६ लाख १४ हजार रुपैयाँ नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफामा ३३८ प्रतिशतले नाफामा वृद्धि गरी २ करोड २ लाख १४ हजार रुपैयाँ नाफा आर्जन गरेको हो ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार असोज मसान्तसम्म २५ करोड ७१ लाख ७९ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरी १० करोड २८ लाख ८३ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

कम्पनीले गत वर्षको सोही अवधिमा २ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरी १० करोड ४६ लाख ६४ हजार रुपैयाँ दावी भुक्तानी गरेको थियो । गत वर्षको पहिलो त्रैमासको तुलनामा कम्पनीले बीमा शुल्क २४ प्रतिशतले बढाउँदा दाबी भुक्तानी भने १.७९ प्रतिशतले घटाएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैयाँ छ भने जगेडा कोषमा १५ करोड १२ लाख ६६ हजार रुपैयाँ छ । साथै कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ३८ पैसा, प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ ४७ पैसा छ ।


क्लिकमान्डु