महाबाणिज्य दूतको विश्व सम्मेलन नेपालमा



काठमाडौं । महाबाणिज्य दूतहरुको विश्व सम्मेलन नेपालमा हुने भएको छ ।

महाबाणिज्य दूतहरुको छाता संगठन विश्व महाबाणिज्य काउन्सिल (फिका) र अवैतनिक कन्सुलर नेपाल एचसीसीले राजधानीमा पत्रकार सम्मेलन गरे विश्व सम्मेलन नेपालमा हुन लागेको जनाएको छ ।

उक्त सम्मेलन २६ (मंगलबार) देखि २९ गतेसम्म हुने छ । सम्मेलनमा विश्वमा भइरहेको आर्थिक गतिविधि, जलवायु परिवर्तन लगायतका विषयमा छलफल हुने बताइएको छ ।

एचसीसी साउथ एसियान डिन प्रदिपकुमार श्रेष्ठका अनुसार विश्व अर्थतन्त्रसँगै नेपालको पर्यटन क्षेत्र, अध्यागमन लगायतका विषयमा छलफल केन्द्रित हुने छ । सम्मेलनको उद्घाटन उपराष्ट्रपति नन्दकिशोर पुनले गर्ने बताइएको छ ।


क्लिकमान्डु