सिटिजन्स बैंकले खुलायो जागिर, कुन पदमा कति जना ?



काठमाडौं । सिटिजन्स बैंकले विभिन्न तहमा करिब ३ दर्जन कर्मचारी माग गरेको छ । बैंकले आइतबार सूचना प्रकाशित गर्दै काठमाडौ उपत्यकाभित्र र बाहिरका लागि असिस्टेन म्यानेजरदेखि टे«नी असिस्टेनसम्मका पदमा आवेदन खुलाएको हो ।

प्रकाशित सूचना अनुसार बैंकले असिस्टेन म्यानेजर १ जना, कर्णाली प्रदेशका लागि सिनियर अफिसर/असिस्टेन म्यानेजर १ जना, केही ब्राञ्च म्यानेजर, बिराटनगरका लागि सिनियर अफिसर/असिस्टेन म्यानेजर १ जना, कास्कीका लागि १ जना सिनियर अफिसर/असिस्टेन म्यानेजर, घोराही, जाजरकोट र मोरङ कञ्चनवाडीका लागि ३ जना अफिसर माग गरेको छ ।

त्यस्तै, बैंकले उपत्यका बाहिरका विभिन्न जिल्लाहरुका लागि ९ जना जुनियर अफिसर, २ जना सुपरभाइजर, बैंकका विभिन्न विभागमा केही जुनियर अफिसर, केही म्यानेजमेन्ट ट्रेनी र ट्रेनी असिस्टेनहरु माग गरेको छ ।

सबै पदका लागि बैंकले तोकेको योगता पुगेका इच्छुक आवेदकले बैकको वेवसाइटमार्फत् मंसिर ८ गतेसम्म आवेदन दिन सक्नेछन् ।


क्लिकमान्डु