राष्ट्रिय बीमा कम्पनीमा ३४ जनालाई रोजगारीको अवसर, १२ कक्षा पास भएकाले पनि आवेदन दिन पाउने



काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले विभिन्न पदका लागि ३४ जना कर्मचारीहरुका माग गरेको छ । कम्पनीले सुचना प्रकाशन गर्दै नायव व्यवस्थापकदेखि सहायक स्तरको पदमा आवेदन खुलाएको हो ।

सरकारी स्वामित्वको निर्जीवन बीमा कम्पनीले खुला तथा समावेशी प्रतिस्पर्धाबाट ७ औं तहदेखि ४औं तहको पदपुर्ति गर्ने भएको छ । जसमा ७औं तहको नायव व्यवस्थापकमा २ जना, ६औं सहायक व्यवस्थापकमा ९ जना, ६औ तहको सुचना प्रविधिक अधिकृत १ जना र ५औ तहको साहयक सुचना प्रविधिक १ जना माग गरेको छ ।

यस्तै, कम्पनीले ५औं तहका स्वास्थ्य सहायक १ र सहायक ‘क’ ४ जनाका लागि आवेदन खुल्ला गरेको छ । ४औं तहका सहायक ‘ख’ १४ जना, सहायक ‘ख’ कृषि प्राविधिक २ जना र सहायक ‘ख’ पशु प्राविधिक १ जनाको लागी आवेदन खुलाएको हो । ं

कम्पनीले तोकेको योग्यता पुगेका इच्छुक आवेदकले मंसिर १२ गतेसम्म कम्पनीको प्रधान कार्यालय रामशाहपथ काठमाडौंमा आवेदन दिन सक्नेछन् ।


क्लिकमान्डु