लक्ष्मी बैंक, मेगा क्यापिटल र युनियन लाइफमा जागिर खुल्यो




काठमाडौं । लक्ष्मी बैंक, मेगा क्यापिटल मार्केट र युनियन लाइफ इन्स्योेरेन्सले विभिन्न पदमा जागिर खुलाएका छन् । यी तीन वित्तीय संस्थाले विभिन्न पदका लागि आबेदन माग गरेका छन् ।

लक्ष्मी बैंकले चिफ डिजिटल अफिसर पदमा कर्मचारी माग गरेको छ । जसका लागि इन्फमेसन टेक्नोलोजी स्पेस विषयमा तीन वर्षे कामको अनुभब र व्यवस्थापन, कम्प्युटर साइन्स वा सम्वन्धित क्षेत्रमा स्तातक तह उर्तीण हुनुपर्नेछ । इच्छुक आबेदकहरुले यहि नोभेम्बर २० तारिखसम्ममा अनलाइन आबेदन दिनुपर्र्ने बैंकले जनाएको छ ।

त्यसैगरी मेगा क्यापिटलले पनि हेड अफ मेर्चेन्ट बैंकिङ पदमा कर्मचारी मागेको छ । व्यवस्थापकीय तहमा माग गरिएको यस पदका लागि आबेदकसँग ५ वर्षको अनुभब साथै स्नातकोत्तर उर्तीण हुनेपर्नेछ । आबेदन दिन इच्छुकहरुले नोभेम्बर २० तारिखसम्ममा आवेदन दिनुपर्ने सूचनामा उल्लख गरिएको छ ।

युनियन लाइफ इन्स्योरेन्सले पनि केहि कर्मचारी माग गरेको छ । देशभर रहेका विभिन्न शाखाका लागि कर्मचारी माग गरेको हो । युनियन लाइफमा आबेदन दिन चाहाने आवेदकहरु सेमि क्यालिफाइड सिए, एमविए ग्रयाजुएट,एमविएस ग्य्राजुएट वा ४ वर्ष अनुभव सहित विविए÷विविएस ग्य्राजुएट हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।


क्लिकमान्डु