पुनर्बीमा कम्पनीको सीइओ बन्न ६ जनाको आवेदन, कस्ले मार्ला बाजी ?



काठमाडौं । नेपाल पुर्नबीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीइओ) बन्नका लागि ६ जनाले आवेदन दिएका छन् । कम्पनीले गत शुक्रबारसम्म सीइओका लागि आवेदन लिएको थियो ।

सीइओका लागि ककसले आवेदन दिए भनेर कम्पनीले औपचारिक जानकारी दिएको छैन । तर, स्रोतका अनुसार शेखर बराल, शेषनारायण आचार्य, शंकर रायमाझी, चिरायू भण्डारी र अशोक पौडेलले आवेदन दिएका छन् ।

आवदेन दिनेहरुमध्ये केही बैंकिङ क्षेत्रका दिग्गज व्यक्ति रहेका छन् भने केही बीमा क्षेत्रमा खारिएका व्यक्ति रहेका छन् आचार्य कृषि विकास बैंकका पूर्वकर्मचारी हुन भने रायमाझी पनि वाणिज्य बैंकका पूर्वकर्मचारी हुन् ।

पौडेल नेपाल राष्ट्र बैंकको पूर्वनिर्देशक हुन् ।

भण्डारी पुनर्बीमा कम्पनीकै सीइओ नै हुन् भने बराल सूर्या लाइफल लुम्बीनी जनरल र युनाईटेड इन्स्योरेन्समा सीइओ भएर काम गरिसकेका व्यक्ति हुन् ।

कम्पनीका सिइओको कार्यकाल ४ वर्षको हुने छ । कम्पनीमा सरकार र बीमा कम्पनीहरुको लगानी छ ।

आवेदकहरुको शैक्षिक योग्यता, कार्यानुभव र बिजनेश प्लान लगायतलाई आधार मानेर नम्बर दिइन्छ ।

तर, यो कम्पनीको सीइओ बन्नका लागि अर्थमन्त्री डा. युवराज खतिवडाको आशिर्वाद लिन सक्नुपर्ने हुन्छ । जसले अर्थमन्त्रीको आशिर्वात पाउँछ, उसैले सीइओको जिम्मेवारी पाउने निश्चित छ ।

आवेदकहरु अर्थमन्त्रीसँग लाइन मिलाउन भिडिरहेका छन् । अहिलेसम्म कम्पनीमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सञ्चालकले कसलाई सीइओ बनाउने भनेर मुख खोलेका छैनन् ।


पुष्प दुलाल