प्राकृतिक कृषि र माता बिन्दाबासिनी सहकारी आपसमा गाभिने



काठमाडौंं । ललितपुर जिल्लामा २ वटा सहकारी संस्था आपसमा मर्जरमा जान तयार भएका छन् ।

ललितपुर महानगरपालिका-१४ सातदोबाटोमा रहेको प्राकृतिक कृषि सहकारी संस्था र गोदावरी नगरपालिका-१० चापागाउँमा रहेको माता विन्दवासिनी बचत तथा ऋण सहकारी संस्था आपसमा मर्ज हुनका लागि सम्झौता गरेका छन् ।

प्राकृतिक कृषि सहकारीका अध्यक्ष कृष्णप्रसाद तिमल्सिना र माता विन्दवासिनी साकोसका अध्यक्ष रुपेश तिमल्सिनाले मर्जरसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।

प्राकृतिक कृषि सहकारी संस्थाका अध्यक्ष तिमल्सिनाले एकीकरण र मर्जरको मामलामा दुवै संस्थाले ठुलो त्याग गरेको जानकारी गराए । उनले संस्थाले आगामी दिनमा झनै गुणस्तरीय र प्रभावकारी सेवा दिने प्रतिबद्धता जनाए ।

आगामी दिनमा यो संस्थालाई उत्कृष्ट सहकारी बनाउने उनको भनाइ थियो ।

माता विन्दवासिनी साकोसका अध्यक्ष तिमल्सिनाले भेगीय रुपमा मात्र नभई जिल्लाभरी नै सेयर सदस्यहरुलाई एकीकरण गराउने उद्देश्य अनुरुप संस्थाहरु एकीकरण गर्न लागेको बताए ।


पुष्प दुलाल