सफ्टवेयर निर्माण गर्न साढे ३ अर्बको विदेशी लगानी, चीनको सबैभन्दा धेरै




काठमाडौं । विभिन्न प्रकारका सफ्टवेयर निर्माणका लागि साढे ३ अर्बभन्दा धेरैको विदेशी लगानीको प्रतिबद्धता आएको छ ।

उद्योग विभागका अनुसार सूचना, प्रसारण तथा सञ्चार प्रविधिमा आधारित सफ्टवेयर निर्माणका लागि १९ वटा कम्पनीमार्फत् ३ वटा देशबाट विदेशी लगानीको प्रतिवद्धता आएको छ ।
उद्योग विभागका अनुसार सफ्टवेयर निर्माण कम्पनी स्थापनाका लागि ३ अर्ब ६० करोड रुपैयाँ विदेशी लगानीका प्रतिवद्धता आएको हो ।

यो चालु आर्थिक वर्षको ४ महिनाको तथ्यांक हो ।

सफ्टवेयर निर्माणका लागि अष्ट्रेलिया, भारत र चीनबाट विदेशी लगानीको प्रतिबद्धता आएको हो ।

१९ वटा कम्पनीमध्ये एक÷एक कम्पनीमा भारत र अष्ट्रेलियाको लगानी आउने भएको छ भने बाँकी १७ वटा कम्पनीमा चीनबाट लगानी आउने भएको हो ।

चीनबाट मात्रै ३ अर्ब ५० करोड रुपैयाँ लगानीको प्रतिबद्धता आएको छ भने भारत र अष्ट्रेलियाबाट ५÷५ करोड रुपैयाँ लगानीको प्रतिबद्धता आएको छ ।

सफ्टवेय निर्माणका लागि आउने १९ वटा कम्पनीबाट २ हजार १८ जनाले रोजगारी पाउने उल्लेख छ । ती कम्पनीमा ५ करोड रुपैयाँदेखि २५ करोड रुपैयाँ लगानी हुने उद्योग विभागले जानकारी दिएको छ ।


क्लिकमान्डु