माछापुच्छ्रे बैंकका एटिएममा अब मास्टर कार्ड पनि चल्ने



काठमाडौं । माछापुच्छ्रे्  बैंकको सम्पूर्ण एटिएम तथा प्वाइन्ट अफ सेल्सहरुमा अव मास्टर कार्ड पनि चल्ने भएको छ । मास्टर कार्ड स्वीकार गर्न माछापुच्छ्रे्  बैंक मास्टर कार्डको सञ्जालसंग आवद्ध भएको छ ।

विशेषगरी नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरु तथा मास्टर कार्ड लिएका नेपाली ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ्रे्  बैंक मास्टर कार्डसँग आवद्ध भएको बैंकले जनाएको छ ।

अव ग्राहकले माछापुच्छ्रे्  बैंकका १७० भन्दा बढि एटिएम मार्फत नगद निकाल्न तथा १ हजार भन्दा बढि प्वाइन्ट अफ सेल्स मार्फत सामान खरिदको रकम भुक्तानी गर्न सक्नेछन् । बैंकले छिट्टै मास्टरकार्ड जारी गर्ने जनाएको छ ।

मास्टर कार्डसँगै बैंकका सम्पूर्ण एटीएम र प्वाइन्ट अफ सेल्सहरुमा भीसा, यूनियन पे, मास्टरकार्ड र मेस्ट्रो कार्डहरु सजिलै प्रयोग गर्न सकिनेछ ।


क्लिकमान्डु