प्रभु बैंकले टिमुरेमा शाखा खोल्यो



काठमाडौं । प्रभु बैंकले शाखा विस्तार गर्ने क्रममा रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिकास्थित टिमुरेमा नयाँ शाखा सञ्चालन गरेको छ । यो बैंकको १९८औं शाखा हो ।

बैंकको टिमुरे शाखा कार्यालयको गोसाईकुण्ड गाउँपालिका प्रमुख कैसाङ नुर्पु तामाङले उदघाटन गरेका हुन् ।

उक्त कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।


क्लिकमान्डु