५०% ले बढ्यो बीमा अभिकर्ता कमिसन, ३ महिनामा अभिकर्ताले बुझे २ अर्ब ५१ करोड कमिसन



काठमाडौं । सञ्चालनमा रहेको १९ वटा जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०७६/०७७ को पहिलो त्रैमासमा बीमा गराउने अभिकर्ताहरुलाई २ अर्ब ५१ करोड ३२ लाख ७१ हजार ७०४ रुपैयाँ कमिशन दिएका छन् । यो कमिशन गत आवको सोहि अवधिको तुलनामा ४९.८५ प्रतिशतले बढी हो । गत आवको सोहि अवधिमा १ अर्ब ६७ करोड ७० लाख ८२ हजार ८६८ रुपैयाँ कमिशन दिएका थिए ।

पछिल्लो समय २२ प्रतिशत जनतामा बीमाको पहुँच पुगेको छ । जनतामा बीमा क्षेत्रको पहुँच बिस्तार भएसँगै जीबन बीमा कम्पनीहरुले अभिकर्ता पनि बढाउन थालेका छन् । अभिकर्ताले जीवन बीमा गराउने क्रम पनि बढेको छ । यसले जीवन बीमा कम्पनीले अभिकर्तालाई दिने कमिशन पनि बढेको छ ।

यो अवधिमा एजेन्टलाई सबैभन्दा बढी कमिशन दिने जीवन बीमा कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । नेपाल लाइफले ८७ करोड ९९ लाख ७२ हजार ६०४ रुपैयाँ अभिकर्ताको लागि कमिशन दिएको छ । जुन गत आवको पहिलो त्रैमासको तुलनामा ४४ प्रतिशतले बढी छ । बीमा क्षेत्रमा सबैभन्दा बढी योगदान पनि नेपाल लाइफको नै रहेको बताइँदै आएको छ ।

प्रतिशतको आधारमा हेर्ने हो भने सबैभन्दा बढी सिटिजस लाइफको रहेको छ । सिटिजन लाइफले अभिकर्ताको लागि गत आवको पहिलो त्रैमाससम्ममा २ करोड ५२ लाख ३२ हजार रुपैयाँ दिएको थियो ।

अहिले यो रकम १४८ प्रतिशतले बढेको कम्पनीले चालु आवको पहिलो त्रैमासमा जारी गरेको वित्तीय विवरणले देखाएको छ । यस्तै सानिमा लाइफको १२८ प्रतिशत, आईएमई लाइफको ११७ प्रतिशत, रिलायन्स ११६ प्रतिशत, यूनियन लाइफ १०२ प्रतिशत, प्रभु लाइफ इन्स्योरेन्सले बीमा अभिकर्तालाई दिने कमिशन १०१ प्रतिशतले बढेको छ । सबैभन्दा कम अभिकर्ताको कमिशन बढ्नेमा ज्योति लाइफ इन्स्योरेन्स रहेको छ । ज्योतिको ४ प्रतिशतले बढेर २ करोड ७१ लाख ८७ हजार ८६९ रुपैयाँ पुगेको छ । महालक्ष्मी लाइफ नयाँ भएकाले उक्त इन्स्योरेन्सले चालु आवमा १ करोड ४३ लाख ७६ हजार ४५४ रुपैयाँ अभिकर्ताको लागि कमिशन दिएको छ ।

पछिल्लो समयमा बीमा गर्ने क्रम बढेसँगै कमिशन पनि बढेको रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रविणरमण पराजुलीले बताए ।
बीमा पोलिसी बिक्री बढेसँगै अभिकर्ताको कमिशन पनि बढनु सामान्य भएको उनको भनाई छ ।

अभिकर्ताले पाउने कमिशन भने पोलिसि अनुसार फरक फरक हुने गर्दछ । अभिकर्ताले बिमितले तिरेको प्रिमियमको पहिलो र दोस्रो प्रिमियमको २५ र त्यसपछि ५ प्रतिशतको दरले कमिशन पाउने गर्दछन् ।

कम्पनी अभिकर्ता कमिशन चालु आव  (रु.) अभिकर्ता कमिशन गत आव (रु.)
Asian Life 101,380,975 78,042,381
Gurans Life 53,588,000 41,160,000
Lic 444,567,978 294,843,976
National Life 194,633,988 144,212,062
Nepal Life 879,972,604 610,780,439
Prime Life 77,505,000 64,095,000
Surya Life 71,323,000 47,842,000
 met Life 123,454,000 102,511,000
Reliable 64,056,000 34,146,000
Citizen 62,482,000 25,232,000
prabhu 23,237,539 11,533,456
I.M.E. Life 41,821,752 19,280,272
Jyoti 27,187,869 26,118,646
union 164,648,933 81,424,263
Rastriya Beema sansthan 42,989,750 32,063,581
Reliance 48,797,000 22,611,000
sanima 28,129,862 12,315,792
sun 49,119,000 28,871,000
mahalaxmi 14,376,454


क्लिकमान्डु