एनएमबि र एसबिआई बैंकको ब्याजदरः ऋण लिँदा कुनमा सस्तो, कुनमा मंहगो ?
काठमाडौं । एनएमबि बैंक र नेपाल एसबिआई बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ९.२५ र संस्थागतमा ८.५० प्रतिशत रहेको छ ।
बचत तर्फ भने एनएमबी बैंकले सबैभन्दा बढी ६.५० र सबै भन्दा कम ०.२५ प्रतिशत ब्याज दिने जनाएको छ । हाल बैंकले ४७ वटा बचत खाता सञ्चालनमा ल्याएको छ ।
यस्तै एसबीआई बैंकले बचतमा सबैभन्दा बढी ५ र सबैभन्दा कम २ प्रतिशत ब्याज रहेको छ । बैंकले हाल २० वटा बचत खाता सञ्चालनमा ल्याएको छ ।
एनएमबी बैंकको असोजसम्मको आधार दर १०.८३ प्रतिशत रहेको छ । बैंकबाट ऋण लिनेले अधिकतम १८.८३ प्रतिशत ब्याज लाग्ने छ । बैंकबाट हाउजिङ लोन, अटो लोन, पर्सनल लोन, मोटरबाइक लोन, शैक्षिक धितोकर्जा, एमएसई, सेयर धितोकर्जा लिँदा १८.८३ प्रतिशत प्रतिशतसम्म ब्याज लाग्ने छ ।
यस्तै एसबिआई बैंकको असोज मसान्तसम्मको आधार दर ९.९४ प्रतिशत रहेको छ । बैंकबाट ऋण लिँदा १६.६९ प्रतिशतसम्म ब्याज लाग्ने छ ।
बैंकबाट रियल स्टेट, जग्गा खरिद गर्दा ऋण लिनु परेमा १६.६९ प्रतिशतसम्म ब्याज लाग्नेछ । बैंकबाट शैक्षिक धितोकर्जा लिँदा १४.९४, एसएमई १५.४४, अटो लोन, हायर पर्चेज, अटो लोन लिँदा १५.४४, होम लोन लिँदा १५.४४, सेयर धितोमा कर्जा लिँदा १५.९४ प्रतिशत ब्याज लाग्ने छ ।