सिटिजन्स बैंक र स्पार्क हेल्थ होम हस्पिटल बीच सम्झौता 



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र स्पार्क हेल्थ होम हस्पिटलबिच बैंकका ग्राहकलाई सेवा शुल्कमा विशेष छुट दिने विषयमा सझौता भएको छ ।

सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट, प्रिभिलेज कार्डवाहक र खाता भएका ग्राहकले स्पार्क हेल्थ होम हस्पिटलमा उपचार गराउँदा तथा अन्य सेवा लिंदा विशेष छुट पाउँनेछन् । यो सेवा स्पार्क हेल्थ होम हस्पिटलका काठमाडौं उपत्यकाका चारवटै शाखा कार्यालय (चावहिल, सतुंगल, भक्तपुर र सोल्टीमोड) बाट उपलब्ध हुनेछ ।

बैंकले देशैभरीका ८५ वटा शाखा, ८२ वटा ए.टि.एम. र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिब पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । यसका साथसाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरूे छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको जनाएको छ ।


क्लिकमान्डु