बैंकमा निक्षेप बढ्दा कर्जा प्रवाह ठप्प



काठमाडौं । वाणिज्य बैंकहरुमा मंसिर लागेपछि निक्षेप बढेपनि कर्जा प्रवाह ठप्प जस्तो देखिएको छ ।

२८ वटा वाणिज्य बैंकमा मंसिर ८ गतेसम्ममा २९ खर्ब ८३ अर्ब रुपैयाँ निक्षेप रहेको छ । कात्तिक मसान्तसम्ममा वाणिज्य बैंकमा २९ खर्ब ७४ अर्ब रुपैयाँ निक्षेप थियो ।

जसमा स्वदेशी मुद्रामा बैंकहरुमा मंसिर पहिलो सातामा २८ खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप रहेको छ । विदेशी मुद्रामा १ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप रहेको छ ।

कात्तिकको अन्तिम सातासम्म बैंकमा स्वदेशी मुद्रामा २८ खर्ब ६१ खर्ब रुपैयाँ निक्षेप थियो भने विदेशी मुद्रामा १ खर्ब १४ अर्ब रुपैयाँ निक्षेप थियो । एकसातामा बैंकमा स्वदेशी मुद्रामा १० अर्ब रुपैयाँले निक्षेप बढेको छ भने २ अर्ब रुपैयाँले निक्षेप घटेको छ ।

मंसिर लागेपछि कर्जा प्रवाह भने ठप्प जस्तो देखिएको छ । कात्तिक अन्तिम सातामा २६ खर्ब ४० अर्ब रुपैयाँ कर्जा रहेकोमा मंसिर पहिलो सातामा २५ खर्ब ४० अर्ब रुपैयाँ कर्जा छ ।

स्वदेशी मुद्रामा १ अर्ब रुपैयाँले बढेको कर्जा विदेशी मुद्रामा १ अर्ब रुपैयाँले घटेको छ । कात्तिक अन्तिम सातासम्ममा २५ खर्ब ५६ अर्ब रुपैयाँ कर्जा थियो मंसिर पहिलो सातामा २५ खर्ब ५७ अर्ब रुपैयाँमा पुगेको छ । यस्तै विदेशी मुद्रामा ८४ अर्ब रुपैयाँ कर्जा कात्तिक अन्तिम सातासम्म रहेकोमा ८३ अर्ब रुपैयाँमा मंसिर पहिलो साता पुगेको छ ।


क्लिकमान्डु