बीमितको संख्या बढ्दा जीवन बीमा कम्पनीले एक वर्षमा संकलन गरे झण्डै दोब्बर प्रिमियम, कुनको कति ?



काठमाडौं । सञ्चालनमा रहेको १९ वटा जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा ३० अर्ब ३ करोड रुपैयाँ प्रिमियम संलकन गरेको छ ।

जुन गत आवको सोही अवधिको तुलनामा ८७.५५ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा १६ अर्ब १ करोड २० लाख रुपैयाँ संकलन गरेको थियो ।

जीवन बीमा कम्पनीहरुले कात्तिक मसान्तसम्म ८२ लाख २३ हजार ६९८ वटा बीमालेख जारी गरेका छन् । जुन गत आवको सोहि अवधिको तुलनामा १७.०१ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा ७० लाख २७ हजार ९९२ वटा बीमालेख जारी गरेका थिए ।

जसमा जीवन बीमालेखतर्फ ६७ लाख ९३ हजार ४१७ वटा रहेका छन् । जुन गत आवको सोही अवधिको तुलनामा २५.२६ प्रतिशतले बढी हो । गत आवको कात्तिक मसान्तसम्मा ५४ लाख २३ हजार ५४९ वटा जीवन बीमालेख जारी गरेका थिए ।

यस्तै वैदेशिक रोजगार बीमालेख भने १०.८५ प्रतिशतले घटेको छ । गत कात्तिक मसान्तमा १६ लाख ४ हजार ४४३ रहेकोमा चालु आवको कात्तिक मसान्तमा १४ लाख ३० हजार २८१ पुगेको छ ।

समितिका अनुसार बीमा क्षेत्रको एकीकृत पुँजीकोषमा ३१ अर्ब ६६ करोड रुपैयाँ रहेको छ ।

बीमा समितिका अनुसार बीमाको दायरमा बढेर २२ प्रतिशत पुगेको छ । वैदेशिक रोजगारीमा जानेको समेत संख्या जोड्दा २६ प्रतिशत छ ।

समितिका अनुसार कात्तिक मसान्तसम्ममा १ हजार ८८३ वटा बीमा कम्पनीका कार्यालय छन भने बीमा कम्पनीका कर्मचारीको संख्या ५ हजार २६९ जना पुगेको छ ।

बीमा समितिका अनुसार कात्तिक महिनासम्ममा राष्ट्रिय बीमा संस्थानले ४ अर्ब ४२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

यस्तै नेशनल लाइफले २ अर्ब ४५ करोड नेपाल लाइफले ९ अर्ब ५९ करोड, लाइफ इन्स्योरेन्स कर्पोरेशन ४ अर्ब ६५ करोड, मेट लाइफ १ अर्ब ३६ करोड, एशियन १ अर्ब १९ करोड, सूर्य लाइफ ९३ करोड, गुराँस ५८ करोड, प्राइम ९८ करोड, आईएमई लाइफको ३० करोड रुपैयाँ रहेको छ ।

यस्तै यूनियन १ अर्ब ८ करोड, ज्योति ३८ करोड, सन नेपाल ३३ करोड, रिलायन्स ३२ करोड, रिलायबल ५३ करोड, सिटिजन्स ४५ करोड, सानिमाको १९ करोड, प्रभु १७ करोड र महालक्ष्मी लाइफ इन्स्योरेन्सले १३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।


क्लिकमान्डु