बजाजले सेयर राइडिङ कम्पनी युलुमा १ अर्ब लगानी गर्ने




काठमाडौं । भारतको सबैभन्दा ठूलो मोटरसाइकल निर्यात कम्पनी बजाज सेयर राइडिङ कम्पनी युलुमा झण्डै १ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ ।

इलेक्ट्रिक मोबिलिटी सेयरिङ प्लेटफर्म युलुमा ८ मिलियन डलर अर्थात् ९२ करोड लाख रुपैयाँ लगानी गर्ने भएको छ ।

बजाजले लगानी गर्न लागेको युलु कम्पनीले इलेक्ट्रिक साइकलहरु भाडामा लगाउँदै आएको छ । बजाजले युलुलाई इलेक्ट्रिक मोटरबाइक प्रदान गर्नेछ । बजाजले युलुलाई आवश्यक रहेको भेइकल फाइनान्स सुविधा पनि प्रदान गर्नेछ ।

बजाज अटोका म्यानेजिङ डाइरेक्टर राजीव बजाजले यसबारे प्रष्ट पार्दै भनेका छन्, ‘युलुमा हामीले अनुभवी र दत्तचित्त पाटर्नर भेट्यौ, जसले छोटो समयमा सफलता पाउन सहयोग पुर्याउनेछ । त्यसैले युलुलाई भारतका सबै छिमेकमा पुर्याउनका लागि युलुसँग सहकार्य गर्ने निर्णय गर्यौै ।’

युलु इलेक्ट्रिक माइक्रो मोबिलिटी सर्भिस प्रोभाइडर क्षेत्रको अग्रणी कम्पनी हो ।

युलुमा गर्न लागेको लगानीले मोबिलिटी प्लेटफर्मलाई थप बलियो बनाउन सहयोग गर्ने कम्पनीको विश्वास छ ।

कम्पनीले सन् २०२० को डिसेम्बरसम्ममा १ लाख इलेक्ट्रिक सवारी उत्पादन गर्ने योजना बनाएको छ । युलुले आफ्नो सुविधा ८ वटा मेगा सिटीमा विस्तार गर्ने र स्मार्ट सहर मिसन अन्तर्गत केही सहर रोज्नेछ ।

अहिले युललेु नयाँ दिल्ली, पुणे, ग्रेटर मुम्बई, भुवनेश्वर र बैग्लोरमा सुविधा दिइरहेको छ ।


क्लिकमान्डु