सागमा आउने विदेशी खेलाडीको आईएमई जनरल इन्योरेन्समा दुर्घटना विमा हुने




काठमाडौं । नेपालमा हुन लागेको १३औं दक्षिण एशियाली खेलकुदमा आउने विदेशी खेलकर्मी र पदाधिकारीहरुको सामुहिक दुर्घटना विमा हुने भएको छ । आईएमई जनरल इन्स्योरेन्समा उक्त विमा हुने सहमति भएको हो ।

यही मंसिर १५ गते देखि २४ गतेसम्म नेपालमा १३औं दक्षिण एशियाली खेलकुद–२०७६ हुँदै छ । उक्त खेलकुदमा भाग लिन आउने विदेशी खेलाडी र पदाधिाकारीको प्रतिव्यक्ति ५ लाखका दरले सामुहिक विमा गर्ने सम्झौता भएको हो ।

उक्त सम्झौतामा मूल आयोजक कमिटीको तर्फबाट सदस्य सचिब रमेश सिलवाल र आईएमई जनरल इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृति युगेसभक्त बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।


क्लिकमान्डु