होण्डाले सार्वजनिक गर्यो पाँचौ पुस्ताको सिटी सेडान कार




काठमाडौं । गाडी निर्माता कम्पनी होण्डाले पाँचौ पुस्ताको सिटी सेडान कार सार्वजनिक गरेको छ । कम्पनीले थाइल्याण्डमा उक्त कार सार्वजनिक गरेको हो ।

कार पूरै नयाँ डिजाइनमा तयार गरिएको छ । त्यसैगरी गाडीमा अपडेटेड इन्टेरियर्स र नयाँ टर्बोचार्ज पेट्रोल इन्जिन फिट गरिएको कम्पनीले जनाएको छ । नयाँ सिटी कार एस, भि, एसभि, आरएस गरी चारवटा भर्सनमा उपलब्ध हुनेछ ।

स्पोर्टियर भर्सनमा उपलब्ध हुने यो कार भारतमा भने सन् २०२० को सुरुवातमै सार्वजनिक हुने भएको छ ।

नयाँ होण्डा सिटी कारको डिजाइन सिभिक र एकर्डबाट प्रेरित छ । पूmल एलईडी हेडल्याप्म, लार्ज क्रोम ग्रिल, कुपइस प्रोफाइल, एलईडी टललाइट, न्यु इन्टेरियर्स, ८ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, नयाँ क्याविन लेआउट यसको डिजाइनका मूख्य विशेषता रहेका छन् ।

त्यसैगरी यो कारको लम्बाई ११३ एममएम, चौडाई ५३ एमएम र ह््वीलबेस ११ एमएमको रहेको छ । एप्पल कारप्ले, एन्ड्रोइड अटो सर्पोट, एलइडि हेडल्याम्प्स, रियर भ्यू क्यामरा, सिक्स एयरब्याग्स, होण्डा कनेक्ट कनेक्टिभिटी फिचर, एलइडि टल लाइट्स, कर्टेन एयरब्याग्स, टु–टोन इन्टेरियर्स र प्रोजेक्टर हेडलाइट्स कारमा भएका मूख्य विशेषताहरु हुन् ।


क्लिकमान्डु