टेस्लाको साइबर ट्रक गाडी २ दिनमै डेढ लाख अर्डर



काठमाडौं । टेस्ला कम्पनीद्वारा उत्पादित साइबरट्रक सार्वजनिक भएको २ दिनमै १ लाख ४६ हजार अर्डर भएको छ ।  बिना कुनै विज्ञापन यती धेरै संख्यामा गाडी बुकिङ भएको कम्पनीले जनाएको छ ।

साइबरट्रक फुल–ब्राउन इलेक्ट्रिक पिकअप ट्रक हो । अफरोड क्षमतासहित बनेको यो गाडीमा ६ सिट क्षमता छ । र, एकपटक फूल चार्जमा उक्त गाडी ८०० किलोमिटर गुड्ने कम्पनीले दाबी गरेको छ ।

यो गाडी ३ वटा भर्सनमा उपलब्ध छ ।

यती धेरै आकर्षण पाएको गाडी सार्वजनिक हुँदा उत्तिकै आलोचित समेत भएको हो । नटुक्रिने सिसा भएको भनिए पनि सार्वजनिक कार्यक्रममा मेटल बलले हान्दा सिसा टुक्रैटुक्रा भएको थियो ।


क्लिकमान्डु