६ वर्षको रिसर्चपछि हुण्डाईले बनायो ध्वनि नियन्त्रण गर्ने नयाँ प्रविधि




काठमाडौं । हुण्डाई मोटरले विश्वमै पहिलो पटक सडकमा हुने ध्वनी नियन्त्रण गर्ने प्रविधि बनाएको छ । यो प्रविधिले गाडीको क्याविनमा हुने हल्ला नाटकीय रुपमा कम गर्ने र यो प्रविधि विश्वमै पहिलो भएको कम्पनीको दाबीे छ ।

ध्वनि नियन्त्रण प्रविधिका क्षेत्रमा भएको सीमित विशेषतामा यो एउटा ब्रेक–थ्रु हुने कम्पनीको दाबी छ । यो प्रविधिले क्याविनभित्र सुनिने इञ्जिन र सडकको ध्वनि मूल्यांकन गरी त्यसलाई नियन्त्रण गर्दछ ।

जसले गर्दा गाडीभित्र साइलेन्ट क्याविनको वातावरण सिर्जना हुन्छ । यो प्रविधि हुण्डाईले अब उत्पादन गर्ने जेनेसिस मोडलका गाडीमा प्रयोग गर्ने कम्पनीले जनाएको छ ।

यो प्रविधि अहिलेको ध्वनि कम गर्ने साउण्ड इन्सुलेसन तरिकाभन्दा धेरै फरक रहेको छ । अहिले प्रयोगमा भएको साउण्ड इन्सुलेसन प्रविधिमा डाइनामिक ड्याम्सर्स प्रयोग गरिएको हुन्छ । जसले वजन बढाउनुका साथै इन्फ्रासाउण्ड समेत रोक्न सक्दैन ।

अहिले बनेको नयाँ प्रविधिमा धेरै कम तौल भएका पार्टस प्रयोग हुनुका साथै प्रभावकारी रुपमा इन्फ्रासाउण्ड कम गर्दछ ।

नयाँ आरएएनसी सिस्टमले धेरै प्रकारका ध्वनि रियल टाइममा निक्र्यौैैल गरी त्यसलाई ३ डिबीेसम्म कम गर्दछ । ३ डिबी कम हुनु भनेको ध्वनीका सवालमा आधाजसो कम ध्वनी हुनु भन्ने बुझिन्छ ।

अहिले बनाइएको आरएएनसी प्रविधिले ड्राइभर, यात्रु र पछाडि रहेका सिटमा हुने ध्वनीको छुट्टाछुट्टै मापन गरी ध्वनी कम गर्दछ ।
यो प्रविधि पत्ता लगाउन हुण्डाईले ६ वर्ष रिसर्च गरेको थियो ।


क्लिकमान्डु