किन गर्दैछ हुण्डाईले १६ हजारभन्दा धेरै गाडी फिर्ता ?




काठमाडौं । भारतस्थित हुण्डाई कम्पनीले सिएनजी भेरियन्टका ग्राण्ड आई–१० र एक्सेन्ट गाडी फिर्ता बोलाएको छ ।

सिएनजी फिल्टर एसेम्बलमा समस्या देखिएको भन्दै कम्पनीले १६ हजार ४०९ वटा गाडी फिर्ता बोलाएको हो ।

कम्पनीले दिएको जानकारी अनुसार सन् २०१७ अगस्ट १ देखि सन् २०१९ को सेप्टेम्बर ३० सम्ममा बनेका उक्त मोडलका गाडीमा समस्या देखिएको हो ।

नन एबिएस र सिएनजी भेरियन्टका गाडीमा मात्र यो समस्या देखिएको कम्पनीले स्पष्ट पारेको छ । गाडी फिर्ता गर्ने काम यही नोभेम्बर २५ देखि सुरु हुने र कम्पनीले प्रभावित ग्राहकहरुलाई सम्पर्क गर्ने जानकारी दिएको छ । साथै कम्पनीले समस्या देखिएका पार्टस निःशुल्क परिवर्तन गरिदिनेछ ।

हुण्डाई ग्राण्ड आई १० र एक्सेन्ट सिएनजी सिंगल भेरियन्टमा उत्पादन गरिएको छ । यी दुबै गाडीको पावर १.२ लिटरको कप्पा भिटीभिटी पेट्रोल इन्जिनबाट उत्पादन हुन्छ ।


क्लिकमान्डु