मारुति सुजुकी बलेनो- ४ वर्षमा साढे ६ लाखभन्दा धेरै बिक्यो




काठमाडौं । प्रिमियम ह्याचब्याक सेग्मेन्टमा मारुति सुजुकीद्वारा उत्पादित बलेनो कारले आफूलाई लोकप्रिय कार भएको साबित गरेको छ ।

सन् २०१५ मा सार्वजनिक भएको यो कार गाडी प्रयोगकर्तामाझ लोकप्रिय रहेको छ । त्यहि लोकप्रियताका कारण अहिले पनि यो कार टप टेन सेलिङ कारको सूचिमा छ ।

कम्पनीले सार्वजनिक गरेको तथ्याङकअनुसार अहिलेसम्म बलेनो कार ६ लाख ५० हजारभन्दा धेरै बिक्री भइसकेको छ । सार्वजनिक भएको केहि वर्षमै यत्ति धेरै संख्यामा विक्रि हुनुले गाडी राम्रो रहेको प्रमाणित गरेको छ । यो गाडीको औसत विक्रि प्रति महिना १४ हजार हाराहारी रहेको छ ।

कम्पनीले यहि आउने अप्रिलमा विएस–६ इमिसन नम्र्स पछ्याउने गरि पेट्रोल ह्याचब्याक ल्याउने योजना रहेको बताएको छ । अब आउने अपडेटेड भर्सनमा १.२ लिटर डुअलजेट पेट्रोल इन्जिन अप्सन रहनेछ ।

पछिल्लो समय संसारका सबै गाडी निर्माता कम्पनीहरुले विएस–६ इमिसन नम्र्स अनुसार गाडी उत्पादन गर्ने काम शुरु गरेका छन् । कतिपय कम्पनीले यहि योजना अनुसार गाडी बनाइसकेका छन् भने कतिपय कम्पनी गाडी उत्पादन गर्ने योजना अनुसार अघि बढेका छन् ।


क्लिकमान्डु