टोयोटाका कुन गाडी चलाउनुहुन्छ ? अब यी ३ गाडी बजारमा आउने छैनन्




काठमाडौं । टोयोटा कम्पनीले अब इटियोस सेडान, इटियोस लिभा ह्याचब्याक र इटियोस क्रस गाडी उत्पादन रोक्ने भएको छ । सन् २०२० को अप्रिलबाट यी मोडलका गाडीको उत्पादन पुर्णरुपमा बन्द गर्ने कम्पनीले जनाएको छ ।

विएस-६ इमिसन नम्स अवलम्बन गर्नका लागि कम्पनीले यी मोडलका गाडीमा अब बजेट खर्च नगर्ने भएको हो ।

टोयोटाले इटियोस समुहका कुनै पनि गाडी उत्पादन नगर्ने कम्पनीले जनाएको छ । कम्पनीले इटियोस सेडान र ह्याचब्याक सन २०१० को अटो एम्पोमा डेब्यु गरेको थियो । इमिसन एण्ड सेफ्टी रेगुलेसनका नियम पालना गर्न इटियोस ब्राण्डका गाडीमा धेरै लगानी गर्नुपर्ने भएकाले यी गाडीको उत्पादन नै बन्द गर्ने कम्पनीले सोच बनाएको हो ।

सन् २०१० देखि अहिलेसम्म टोयोटाले इटियोस समुहका ४ लाख ४४ हजार भन्दा धेरै गाडी विक्रि गरेको छ । इटियोस समुहका इटियोस र इटियोस लिभाका सर्वाधिक विक्रि भएका मोडल हुन् ।

एक दशकअघि देखि उत्पादन शुरु भएका इटियोस मोडलहरु इएफसि प्लेटफर्ममा उत्पादन भएका थिए ।

इटियोस समुहको पहिलो इटियोस सेडान मोडल भारतमा सन् २०१० को डिसेम्बरमा शुरु भएको थियो र सन् २०११ मा इटियोस लिभा ह्याचब्याक सार्वजनिक भएको थियो । त्यसैगरी इटियोस क्रस सन् २०१४ देखि बजारमा आएको थियो ।


क्लिकमान्डु