रोयल इन्फिल्डले ५ सय सिसिका बाइक बिक्री बन्द गर्ने



काठमाडौं । रोयल इन्फिल्डले भारतीय बजारमा ५ सय सिसि क्षमताका बाइक बिक्री बन्द गर्ने सम्भावना रहेको छ ।

लाइभमिन्ट रिपोर्टका अनुसार बुलेट ५००, क्लासिक ५०० र थन्डरबर्ड ५०० मोडलका बाइकको कारोबार बन्द गर्ने बताइएको छ ।

५ सय सिसि क्षमताका बाइकको माग निकै कम भएको र विएस–६ स्ट्याण्डर्डमा अपग्रेड गर्न निकै खर्चिलो हुने भएका कारण कम्पनीले उक्त कदम चाल्न थालेको हो । ५ सय सिसिलाई विएस–६ मा अपग्रेड गर्नुका सट्टा कम्पनीले ३५० सिसिका मोटरसाइकलको कारोबारमा विशेष ध्यान दिनेछ ।

बुलेट न्यु क्लासिक ३५० मा भएको प्रमुख परिवर्तन न्यू क्याटालिक कन्भर्टर र अक्सिजन सेन्सर रहेका छन् ।

सोसाइटी अफ इन्डियन अटोमोवाइल म्यानुफ्याक्चरर्सको तथ्याङक अनुसार आर्थिक वर्ष सन् २०१३ मा रोयल इन्फिल्डले ५ सय सिसि क्षमताका १२ हजार २१६ वटा बाइक बेचेका थियो भने त्यो संख्या आर्थिक वर्ष सन् २०१९ मा ३६ हजार ९३ पुगेको थियो । ५ सयस सिसिको तुलनामा ३५० सिसिको बाइकको विक्रिदर निकै फरक रहेको छ । सन् २०१३ मा ३५० सिसिको रोयल इन्फिल्ड बाइकको विक्रि संख्या १ लाख ८ हजार ४७८ रहेको थियो भने त्यो संख्या सन २०१९ मा ७ लाख ६४ हजार १२ पुगेको छ जुन सात गुणाको फरक हुन आउँछ ।


क्लिकमान्डु