मर्जरमा जान सकारात्मक हुँदै गरिमा विकास बैंक, साधारण सभाले पारित गर्दै



काठमाडौं । गरिमा विकास बैंकले मर्जरमा जाने विषेश प्रस्ताव सहित १३औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको २३५औ सञ्चालक समितिको बैंकठले साधारण सभा मंसिर २७ गते पोखरा गर्ने निणर्य गरेको हो ।

साधारण सभाबाट राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त संघ–संस्थासँग मर्जर हुने अथवा प्राप्ती सम्बन्धी सम्पुर्ण प्रकृयाको लागि सञ्चालन समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव परित गरिने छ । साथै यसअघि नै सञ्चालन समितिले निर्णय गरेको हाल कायम रहेको चुक्त पुँजीको १६.१५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.८५ प्रतिशत नगद लाभांश सभाले पारित गरि सेयरधनीमा वितरण गर्ने भएको छ । बैंकले मंसिर १३ गते दखि २७ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ ।

हाल बैंकको चुक्ता पूँजी २ अर्ब ७८ करोड ८३ लाख ६७ हजार रुपैयाँ रहेको छ । बैंकले साधारण सभामा पूँजी बृद्धि गरि ५ करोड रुपैयाँ पुर्याउन प्रबन्ध पत्रमा आवश्यक संसोधन गर्ने प्रस्ताव पनि पारित गर्दैछ ।


क्लिकमान्डु