जीवन बीमा कम्पनीको नाफा २७.६०% ले बढ्यो, ३ महिनामा २४ अर्ब ६६ करोड बीमा शुल्क आर्जन



काठमाडौं । सञ्चालनमा रहेको १९ वटा जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २७.६० प्रतिशतले नाफा बढाएका छन् ।

चालु आवको पहिलो त्रैमासमा १ अर्ब ६४ करोड ८ लाख २६ हजार ५८८ रुपैयाँ जीवन बीमा कम्पनीहरुले नाफा आर्जन गरेका छन् । जुन गत आवको सोहि अवधिमा ८३ करोड ४४ लाख ८२ हजार ६२५ रुपैयाँ मात्रै रहेको थियो । गत आवको सोहि अवधिमा १८ वटा मात्रै जीवन बीमा कम्पनीले वित्तीय विवरण सार्वजनिक गरेका थिए । अहिले महालक्ष्मी जीवन बीमा कम्पनी पनि थपिएको छ ।

यो अवधिमा १९ वटा बीमा कम्पनीमा सबै भन्दा बढी नाफा कमाउनेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । नेपाल लाइफले २० करोड ४४ लाख ३२ हजार २७९ रुपैयाँ नाफा आर्जन गरेको छ । यस्तै बढी नाफा कमाउने दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । नेशनलले ११ करोड ५३ लाख ९६ हजार ७९३ रुपैयाँ आर्जन गरेको छ ।

प्रतिशतको आधारमा हेर्दा सबैभन्दा बढी राष्ट्रिय बीमा संस्थाको २९५.७७ प्रतिशतले नाफा बढेको छ । यस्तै यूनियन लाइफको १८४.५७, एसियनको १३७.४४ र सिटिजन्स लाइफको १२८.१५ प्रतिशतले बढेको छ ।

यो अवधिमा लाइफ इन्स्योरेन्स कर्पोरेशन, आईएमई लाइफ, सानिमा लाइफ इन्स्योरेन्सको नाफा घटेको छ । बीमा कम्पनीहरुको एक्चुरी रिपोर्ट पनि नाफा बढन सक्छ । त्यसैले यसलाई नै अन्तिम भने मान्न सकिँदैन ।

यस्तै जीवन बीमा कम्पनीहरुको खुद बीमा शुल्क आर्जन पनि ६५.८५ प्रतिशतले बढेको छ ।

गत आवको पहिलो त्रैमासमा १४ अर्ब ८६ करोड ९२ लाख ७६ हजार १६७ रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेका जीवन बीमा कम्पनीहरुले चालु आवको सोहि अवधिमा आईपुग्दा २४ अर्ब ६६ करोड ८ लाख १३ हजार ६२ रुपैयाँ रहेको छ ।

गतवर्षको पहिलो त्रैमासमा महालक्ष्मी लाइफ इन्स्योरेन्स संचालनमा आएको थिएन । १९ वटा जीवन बीमा कम्पनीमा सबै भन्दा बढी बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ नै रहेको छ ।

नेपाल लाइफले ७ अर्ब ८१ करोड ८३ लाख ९३ हजार १३७ रुपैयाँ आर्जन गरेको छ ।

यो अवधिमा सबै जीवन बीमा कम्पनीको बीमा शुल्क आर्जन बढेको छ । त्यसमा पनि सबै भन्दा बढी राष्ट्रिय बीमा संस्थान रहेको छ । संस्थालेको बीमा शुल्क आर्जन ४२० प्रतिशतले बढेको छ । यस्तै रिलायन्सको १५१, प्रभु इन्स्योरेन्सको १२० प्रतिशतले बढेको छ ।


क्लिकमान्डु