मारुति भिटारा ब्रेजालाई पछि पार्दै किया सेल्टोस् यसरी बन्यो सबैभन्दा बढी बिक्री हुने कार




काठमाडौं । सार्वजनिक भएको ३ महिनामै किया सेल्टोसले मारुति भिटारा ब्रेजालाई पछि पार्दै भारतमा बेस्ट सेलर कार बनेको छ ।
अक्टोबरको गाडी बिक्री तथ्याङक अनुसार किया सेल्टोसले सर्वाधिक बिक्री हुँदै आएको मारुतिको भिटारा ब्रेजालाई पछि पारेको हो ।

अक्टोबरको तथ्याङक अनुसार किया सेल्टोस १२ हजार ७८६ थान बिक्री भएको छ भने मारुति भिटारा ब्रेजा किया सेल्टाेस भन्दा २ हजार ५५९ थान कम अर्थात १० हजार २२७ थान मात्र बिक्री भएको छ ।

सार्वजनिक भएपछि प्रत्येक महिना कियाको सेल्टोसको राम्रो बिक्री भएको छ । अगस्टमा ६ हजार २३६, सेप्टेम्बरमा ७ हजार ५५४ थान गाडी बिक्री भएको गाडी अक्टोबरमा १२ हजार ७८६ थान बिक्री भएको हो । सेल्टोसको पेट्रोल र डिजल भेरियन्टको बिक्री अुनपात पनि ५१ः४९ रहेको छ ।

भारतस्थित किया मोटर्सका अनुसार सेल्टोस गाडी खरिदका लागि अहिलेसम्म ६० हजार बुकिङ भइसकेको छ । र, ग्राहकलाई समयमै गाडी दिनका लागि उत्पादनको काम दु्रत गतिमा अघि बढिसकेको छ ।

भारतको गाडी बिक्रीको पछिल्लो तथ्याङक अनुसार हुन्डाईको भेन्यू तेस्रो स्थानमा रहेको छ । त्यसैगरी हुन्डाईकै क्रेटा चौथो र मारुति सुजुकी एर्टिगा पाँचौ स्थानमा रहेको छ ।

यस्ताे छ सर्वाधिक विक्रि हुने ५ वटा कारकाे तथ्याङक


क्लिकमान्डु