गति लिदैं सिटिजन शुभारम्भ जीवन बीमा योजना



काठमाडौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले हालसालै प्रचलनमा ल्याएको सिटिजन शुभारम्भ जीवन बीमा योजनाले प्रचलनमा आएको केही दिनमै गति लिन सफल भएको छ । यहिै कार्तिक २१ गते शुरुवात गरिएको उक्त बीमा योजनामा हालसम्म ३,००० भन्दा बढी बीमितहरु आवद्ध भएका छन् ।
बीमितहरुको भावी योजनाहरुलाई सार्थक बनाउनको लागि रु. १०,००० को न्यूनतम बीमाङ्क रकममा बीमा गर्न सकिने यस बीमा योजनाले बीमा अवधिभर जोखिम बहन गरी बीमितहरुलाई आर्थिक सुरक्षा प्रदान गर्दछ ।
यस योजना मार्फत बीमितले साधारण मृत्युमा बीमाङ्कको डबल रकम एवम् दुर्घटना मृत्युमा बीमाङ्कको तीन गुणा तथा नियमानुसारको बोनस रकम प्राप्त गर्न सक्नेछन् । यसका साथै स्थायी पूर्ण अशक्तता लाभ, बीमाशुल्क छुट लाभ, मासिक आय लाभ, काजक्रिया खर्च सुविधा र ५० लाखसम्मको घातक रोग उपचार खर्च जस्ता सुविधाहरु समेत यो योजनामा उपलब्ध रहेका छन् ।


क्लिकमान्डु