सेयर लगानीकर्ताको प्रश्नः अर्थमन्त्री डा.खतिवडा हट्छन् कि हटदैनन् ?



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको पुनर्गठन गर्ने समाचार सार्वजनिक भएपछि सेयर लगानीकर्ताले अर्थमन्त्री डा. युवराज खतिवडा हट्छन् कि हट्दैनन् भन्दै निकै चासो व्यक्त गरेका छन् ।

उनीहरुले अर्थमन्त्रीका कारण बजार डामाडोल भएको, सेयर लगानीकर्ता नराम्ररी डुबेको जस्ता कारणले उनी हट्छन् कि हट्दैनन् भन्दै विशेषगरी समाचार संकलनमा रहेका पत्रकार तथा राजनीति नेतृत्वलाई समेत प्रश्न सोध्ने गरेका छन् ।

उनीहरुले वर्तमान अर्थमन्त्री डा. खतिवडा नहट्दासम्म बजार नबढ्ने भन्दै निराशा समेत प्रकट गरिरहेका छन् । मन्त्रिपरिषद विस्तारको खबर सार्वजनिक भएपछि उनीहरुको अरु विषयमा भन्दा अर्थमन्त्री खतिवडा रहन्छन् वा रहँदैनन् भन्ने नै बढ्ता चासो रहेको छ ।

लगानीकर्ताले अर्थमन्त्री डा. खतिवडाको राजीनामा माग्दै आन्दोलन हुँदै अनसनसम्म बस्न भ्याएका थिए । यो समाचार तयार पार्दासम्म सेयर बजारमा २.०२ अंकको सुधार आएको छ । यो सुधारलाई पनि अर्थमन्त्री परिवर्तनसँग जोडेर हेरिएको छ ।

तर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले गरेको मूल्याङकनमा भने अर्थमन्त्री खतिवडा ‘सेफ जोन’मा रहेको देखाएको छ ।


क्लिकमान्डु