एसबीआइ बैंकलाई १६.८४ प्रतिशत लाभांस बाँड्न राष्ट्र बैंकले अनुमति दियो



काठमाडौं । नेपाल एसबीआई बैंकको सञ्चालक समितिले सेयरधनीलाई १६.८४ प्रतिशत लाभांस बाँड्न गरेको प्रस्तावलाई राष्ट्र बैंकले अनुमति दिएको छ ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट १०.८४ प्रतिशत बोनस र ६ प्रतिशत नगद लाभांश वितरण गर्ने छ । बैंकको साधारण सभाले भने उक्त प्रस्ताव पारित गरेपछि मात्रै वितरण गर्नेछ ।

बैंकको ४४१औं सञ्चालक समितिको बैंठकले यही मंसिर २९ गते २६औं वार्षिक साधारणसभा गर्ने निर्णय गरेको छ ।

बैंकले मंसिर १३ देखि २९ गतेसम्म बुक क्लोज गर्ने भएको छ । हाल बैंकको चुक्तापुँजी ८ अर्ब ४४ करोड ९२ लाख ५० हजार ५२३ रुपैयाँ रहेको छ । बैंकले सेयरधनीहरुलाई बोनसमा ९१ करोड ६० लाख ७६ हजार ६३६ रुपैयाँ र नगद लाभांसमा ५० लाख ६९ हजार ५५० रुपैयाँ छुट्याएको हो ।


क्लिकमान्डु