लक्ष्मी बैंक डिबेन्चर २०८६ को बाँडफाँड सम्पन्न

क्लिकमान्डु २०७६ मंसिर १ गते १६:२४ मा प्रकाशित

लक्ष्मी बैंकले निष्कासन गरेको २ अर्ब मूल्य बराबरको १० प्रतिशत लक्ष्मी बैंक डिबेन्चर, २०८६ को बाँडफाँड सम्पन्न भएको छ ।

नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेड विक्री प्रबन्धक रहेको सो ऋणपत्रमा शत प्रतिशत आवेदन प्राप्त भएको थियो । कूल निष्कासित २० लाख कित्ता ऋणपत्रमध्ये सर्वसाधारणतर्फ २६५ जना आवेदकलाई माग गरेबमोजिम नै ७९ हजार ९९६ कित्ता र व्यक्तिगत तवर तर्फ २३ जना आवेदकलाई माग गरेबमोजिम नै १९ लाख २० हजार ४ कित्ता कित्ता ऋणपत्र जारी गरिएको हो ।

ऋणपत्रको आवेदन २०७६ साल आश्विन २३ गते सुरु भई कात्तिक २२ गते समाप्त भएको थियो । आज बिहान लक्ष्मी बैंक लिमिटेडको केन्द्रिय कार्यालय, हात्तीसारमा एक कार्यक्रमका बीच सो बाँडफाँड सम्पन्न भएको थियो । कार्यक्रममा दुवै कम्पनीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स