डिभी भर्नेहरुलाई अमेरिकी दुतावासले भन्यो– अमेरिकी सरकारले पैसा माग्दै इमेल गर्दैन्



काठमाडौं । अमेरिका जाने डिभी चिठ्ठालाई लिएर विभिन्न कुराहरु आइरहेका बेला नेपालका लागि अमेरिकी दुताबासले नयाँ सन्देश दिएको छ । डिभी भर्नका लागि केही नयाँ नियमहरु परिवर्तन भएसँगै विभिन्न नियतले बजारमा विभिन्न हल्ला चलेपछि दुताबासले उक्त सन्देश प्रवाह गरेको हो ।

आफ्नो फेसबुक पेजमार्फत सन्देश जारी गर्दै दुताबासले भनेको छ– अमेरिकी सरकारले कहिल्यै पनि तपाईँले डिभी जित्नुभयो वा भएन भन्ने विषयमा ईमेल पठाउँदैन। शुल्कको माग गर्दै कसैले तपाईँलाई ईमेल पठाएमा त्यस्तो ईमेल डिलिट गरिहाल्नुहोस् । त्यो जालसाजी हो।

दुताबासका अनुसार कोही कसैले विभिन्न लोभ देखाएर तपाईलाई इमेल गरेमा वा पैसा मागेमा त्यो गलत नियतले फसाउनका लागि गरिएको इमेल सम्झिएर त्यसका पछि नलाग्न आग्रह गरेको छ ।


क्लिकमान्डु