कास्कीको रुपाकोटमा भेटिएका पूर्वयुवराज पारसले यसरी मनाउँदैछन् तिहार



पोखरा । केही समययता रिफ्रेसमेन्टका लागि पोखरामा रहेका पूर्वयुवराज पारस शाह आइतबार रुपाकोटस्थित रुपाकोट रिसोर्टमा भेटिए ।

दशैंदेखि नै पोखरामा रमाइरहेका पारसले तिहार पनि पोखरामै मनाउँदैछन् । क्लिकमाण्डूसँग छोटो कुराकानीमा पारसले तिहारबारे खुलेर कुरा गरे । रुपाकोट रिसोर्टमा लञ्चका लागि पुगेका उनी त्यहाँ आफूलाई बहिनीको रिफरमा आएको बताए ।

फोटो खिच्नेहरुको भीडबाट अलगिएर छोटो समय क्लिकमााण्डूका लागि छुट्याएका उनले तिहार पनि पोखरामै मनाउने बताए । उनले भने, ‘तिहारमा पनि काठमाडौं जाँदिन, सोमबार बहिनी पोखरामै आउँछिन् ।’

गत साता मात्रै रुपाकोट रिसोर्टमा ४ दिन  उनकी बहिनीको  परिवार बसेको थियो । बहिनीको परिवारलाई राम्रो लागेको र आफूलाई रिफर गरेकाले रुपाकोट रिसोर्टमा आएको बताए ।

एक्वा कलरको ब्रसलेट, लेदरको पाइन्ट, निलो स्वेटरमाथि लेदरकै स्टकोट लगाएका पारसले रुपाकोट रिसोर्ट २ घण्टा बिताए । सुरुमा जुस लिए ।

पूर्वयुवराज पारससँग क्लिकमाण्डूकर्मी कमलकुमार बस्नेत

भ्यू प्वाइन्टबाट रुपा र बेगनास तालको रुप नियाले । धौलागिरी, अन्नपूर्ण, मनास्लु र माछापुच्छ्रे हिमालको रेञ्जको अवलोकन गरे । अर्काइभका लागि क्यामराबाट आफैंले केही तस्बिर पनि लिए ।

फोटो खिच्नेहरुको भीडबाट अलगिएर छोटो समय क्लिकमााण्डूका लागि छुट्याएका उनले तिहार पनि पोखरामै मनाउने बताए ।
उनले भने, ‘तिहारमा पनि काठमाडौं जाँदिन, सोमबार बहिनी पोखरामै आउँछिन् ।’

रुपाकोटमा पूर्वयुवराज पारस र सोनिका सँगै थिए । पारस कालो रंगको पजेरो चढेर आइतबार साढे १२ बजे रुपाकोट रिसोर्ट पुगेका थिए । र, २ बजे त्यहाँबाट फर्किए । सोनिका आउँदा, जाँदा र रिसोर्टमा बस्दा पारससँगै थिइन् ।

बहिनीका लागि अहिलेसम्म केही गिफ्ट नकिनेको बताए । तर राम्रै गिफ्ट किन्ने र बहिनीलाई गिफ्ट दिने उनले सुनाए ।

केही समययता हार्ले डेभिन्सनको बाइकमा पोखरामा घुमिरहेको भिडियो टिकटक जस्ता सामााजिक सञ्जालमा खुबै चर्चित भएको थियो ।

फ्यानहरुलाई राजाबादी बन्नुभन्दा पनि नेपाली हुन आग्रह गरेको भिडियो निकै चर्चित भएको थियो ।

उनको त्यो बानी आइतबार रुपाकोटमा पनि देखियो । आफू साधारण नेपाली भएको र त्यसैमा रमाउने कुरा हामीसँगको कुराकानीमा समेत दोहोर्याए ।

पूर्वयुवराज पारससँग क्लिकमाण्डूकर्मी सोभित थपलिया

सबैसँग सहज रुपमा बोल्दै, फोटो खिच्नेहरुसँग गरेको कुराकानीमा उनको त्यो स्वभाव स्पष्ट झल्कन्थ्यो ।

पछिल्लो समय पारस र युटुवर सोनिका रोकायाबीचको सम्बन्धबीच निकै चर्चा चलिरहेको छ । सामाजिक सञ्जालदेखि आमसञ्चार माध्यमसम्म उनीहरुको फोटो, भिडियो र सम्बन्धको चर्चा छ ।

रुपाकोटमा पूर्वयुवराज पारस र सोनिका सँगै थिए । पारस कालो रंगको पजेरो चढेर आइतबार साढे १२ बजे रुपाकोट रिसोर्ट पुगेका थिए । र, २ बजे त्यहाँबाट फर्किए । आउँदा, जाँदा र रिसोर्टमा बस्दा सोनिका पारससँगै थिइन् ।

रिसोर्टमा पूर्वयुवराज पारसजस्ता धेरै भीआइपी आउने गरेको सञ्चालक पुष्पराज अधिकारीले बताए । अधिकारीका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष प्रचण्ड, नेता तथा मन्त्रीहरु गइसकेका छन् ।

‘रुपाकोट रिसोर्ट आउन बाँकी भीआइपी सायद अब कोही पनि बाँकी नहोलान्,’ अधिकारीले सुनाए ।

रुपाकोटबाट साँच्चिकै मनमोहक दृश्यावलोकन गर्न सकिन्छ । रिसोर्टको किचेनमा अग्र्यानिक वस्तुहरु पाक्छन् ।


कमलकुमार बस्नेत