राष्ट्र बैंकमा ६७ जनालाई जागिर खुल्यो, प्लस टू पासलाई पनि अवसर



काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि ६७ जना कर्मचारी माग गरेको छ । बैंकले शुक्रबार सुचना प्रकाशित गर्दै सहायक निर्देशक (अधिकृत तृतिय), सहायक निर्देशक (अधिकृत तृतिय लेखा/लेखा परिक्षण) र सहायक निर्देशक (अधिकृत द्धितीय) पदमा आवेदन खुलाएको हो ।

बैंकले सहायक निर्देशकहरुमा अधिकृत तृतियका लागि २८ जना, तृतीय लेखा र लेखापरीक्षणमा लागि ८ जना र सहायक द्वितियमा ३१ जना माग गरेको छ ।

सहायक निर्देशकमा २१ वर्ष पुराभइ ३५ वर्ष ननाघेका वाणिज्यशास्त्र, अर्थशास्त्र र व्यवस्थापन वा जनप्रशासनमा स्नातकोत्तर परीक्षा पास गरेकोहरुले आवेदन दिन सक्ने बैंकले प्रकाशित गरेको विज्ञापनमा उल्लेख गरिएको छ ।

साथै २१ वर्ष पुराभइ ३५ वर्ष ननाघेकाले लेखा र लेखापरीक्षणका लागि सिए, एसिसिए वा सिपिए गरी मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर गरेकाहरुले आवेदन दिन सक्नेछन् ।

यस्तै सहायक द्धितीयमा १८ वर्ष पुराभएका र ३५ वर्ष ननाघेका र मान्यताप्राप्त शिक्षण संस्थाबाट १ं२ कक्षा उत्तिर्ण गरेर हरुले आवेदन दिनसक्ने छन् । महिलाको हकमा भने सो पदका लागि उमेरहद ४० वर्षसम्मकाले आवेदन दिसक्ने र वाहलवालाहरुको हकमा उमेरहद नलाग्ने बैंकले जनाएको छ ।

उल्लेखित पदहरुमा आवेदन दिन इच्छुक आवेदकहरुले काक्तिक २८ गतेसम्म आवेदन दिन सक्नेछन् ।


पुष्प दुलाल