महालक्ष्मी बैंकमा जागिरको खुल्यो



काठमाडौं । महालक्ष्मी विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले शुक्रबार सुचना प्रकाशित गर्दै ६ वटा पदमा केही कर्मचारीहरुको माग गरकोको हो ।

बैंकले केही सिनियर र जुनियर चार्टर्ड एकाउन्टेन्ट, उपत्यका भित्र र बाहिरका लागि ब्रान्च म्यानेजर, सुपरभाइजर तथा जुनियर अफिसर, आइटी क्षेत्रको लागि जुनियर सुपरभाइजर, अफिसर र असिस्टेन पदका लागि आवेदन खुलाएको छ ।

सिनियर र जुनियर चार्टर्ड एकाउन्टेन्टका लागि ४० वर्ष ननाघेका आइक्यान र आसीएआइबाट मान्यता प्राप्त चार्टर्ड एकाउन्टेन्ट हुनु पर्नेछ भने राष्ट्र बैंक, बिएएफआएको नीति तथा निर्देशनहरुको बारे र कम्पनी ऐन २०६३, कर ऐन २०५८, एनएएस, एनएफआरएस र एएमएल लगायत अन्य बैंकिङ क्षेत्रको नीति निर्देशन तथा कामहरुको बारेमा राम्रो ज्ञान भएकोहरुले आवेदन दिन सक्नेछन् ।

यस्तै, ब्रान्च म्यानेजर, सुपरभाइजर तथा जुनियर अफिसरहरुमा बैंकिङ क्षेत्रमा ३ देखी ५ वर्ष सम्मको अनुभव भएका व्यवस्थापक संकायमा स्नातकतह उर्तीण गरेका ४० वर्ष ननाघेकाहरुले आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

यसैगरि, व्यवस्थापक संकायमा स्नातकतह उर्तीण गरेर १ वर्ष बैंकिङ क्षेत्रमा अनुभव भएका ३५ वर्ष ननाघेकाहरुले जुनियर सुपरभाइजर, अफिसर र असिस्टेन पदका लागि आवेदन दिन सक्नेछन् भने आइटी, कम्पुटर विज्ञान र सम्बन्धीत संकायमा स्नातकतह उर्तीण गरेकाहरुले आइटी क्षेत्रको लागि जुनियर सुपरभाइजर, अफिसर र असिस्टेन पदका लागि आवेदन दिन सक्ने बैंकले प्रकाशित गरेको सुचनामा उल्लेख गरिएको छ ।

इच्छुक आवेदकहरुले काक्तिक २८ गतेसम्म बैंकको वेवसाइटमा अनलाईन आवेदन दिन सक्नेछन् ।


क्लिकमान्डु