सेयर बजारबाट कसरी कमाउने ? कहिल्यै घाटा नखाएका राजेन्द्र खेतानले दिए यस्ता ७ टिप्स
सेयर बजारको कुरा शुरु गर्दा कुन आधारमा सेयर खरिद गर्ने त ? भन्ने प्रश्न अहम् हुन्छ । लगानीकर्ताले कम्पनीको नाफा र वृद्धिको तथ्यांक हेरेर लगानी गर्नुपर्छ । कम्पनीको ग्रोथ कसरी भइरहेको छ त्यो हेर्न र विश्लेषण गर्न सक्नुपर्छ । भोलिका दिनमा माथिल्लो तहमा पुग्न सक्ने, रिजर्भमा पनि भएको कम्पनीको सेयर किन्दा घाटा खानु पर्दैन ।
नयाँ स्क्रिप्ट आयो । त्यसमा १० लाख रुपैयाँ हालिदियो, भोलिका दिनमा त्यो सक्सेस भएन भने त घाटा भैहाल्यो नि । बुझेर, सोचेर सम्झेर मात्रै लगानी गर्नुपर्छ ।
सेयर मार्केटमा अहिले क्राइसिस भएको कारण ब्रोकरहरुले आफ्ना ग्राहकलाई बुझाउन नसक्नु नै हो ।
मैले सेयर खरिद गर्दा जहिले पनि सेकेन्ड लेभलको कम्पनीको सेयर खरिद गर्छु । जस्तो अहिलेको अवस्थामा हिमालयन बैंक, एमबीआई बैंकको सेयर मेरो रोजाइमा पर्छन् । बैंक पुरानो पनि भयो, रिजर्भ पनि छ, नाफा अरुको तुलनामा अलिकति साँघुरो भए पनि माथि पुग्न सक्ने सम्भावना छ । भ्यालुएसनको हिसाबमा ग्रोथ हुने सम्भावना पनि राम्रो छ । ब्राण्ड इमेज पनि राम्रो छ । त्यस्ता संस्थासँग विश्वसनीयता पनि छ ।
मैले अहिलेसम्म सेयर बजारमा पैसा गुमाएको छैन । केही मात्रामा म्यूचुल फन्डमा मात्रै गुमाएको छु । तर ४ वर्षअघि जति नाफा थियो त्यो अहिले छैन । तर मैले गुमाएको छैन । न फाइदा न घाटाको अवस्थामा छु । अहिलेको अवस्थामा शुन्यमा छ । बजार १८ सयमा हुँदा जति राम्रो थियो । अहिले १२ सयमा आइपुग्दा घाटामा चाहीँ छैन ।
भोलिका दिनमा एक कित्ता सेयरमा ५०/१०० रुपैयाँ मात्रै बढ्यो भने अर्बौ रुपैयाँको फरक पर्छ ।
सेयरमा डाइभर्सिफाइका हिसाबले मैले ५ वटा टुक्रामा विभाजना गरेर पैसा लगानी गर्छु । ५० प्रतिशत पब्लिक सेयरमा, ३० प्रतिशत प्रमोटर सेयरमा, १० प्रतिशत म्यूचुअल फन्ड र अरुहरु कुरामा र बाँकी १० प्रतिशत मुद्दति निक्षेपमा । जसमध्ये एउटै संस्थामा ३०/४० करोडसम्मको जोखिम लिन सकिन्छ ।
एउटै संस्थामा आजका दिनमा आफूले चलाएको संस्थाबाहेक २० करोड रुपैयाँसम्मको लगानी छ । सेकेन्डरी मार्केटमा आजका दिनमा पब्लिक सेयरमा ५ अर्ब रुपैयाँ जतिको सेयर छ । संस्थाका हिसाबले १ लाख रुपैयाँदेखि लगानी भएका संस्था हेर्ने हो भने २० वटा संस्थाका सेयरमा मेरो लगानी छ । सानो लगानी आईपीओका कारणले भएको हो । तर २ वर्षयता आईपीओमा लगानी गरेको छैन ।
यो आजका दिनमा भएको लगानी हो । बजार १८०० मा पुग्दा ८ अर्ब रुपैयाँ पुग्थ्यो भने अहिले बजार कम हुँदा ५ अर्बमा घटेको हो । बजार घट्दा ३ अर्ब रुपैयाँ कम भएको छ ।
सेकेन्डरी बजारबाट डेभिडेन्ट मात्रै मलाई अहिले बसी बसी गत असारमा बोनस सेयर गरेर क्यापिटल वृद्धि १ बिलियन पुगेको छ । प्रतिशतका हिसाबले वृद्धि हेर्दा सेकेन्डरी मार्केटको २० प्रतिशत, कुल पोर्टफोलियोको १० प्रतिशत वृद्धि भएको छ ।
आजका दिनमा मसँग सबै क्षेत्रको गरेर ४ करोड कित्ताको हाराहारीमा सेयर छ ।
टिप्स
एउटा लगानीकर्ताको मानसिकता बुझ्नुपर्छ । त्यो मानिस विज्ञ पनि होइन । उ ब्रोकरकहाँ हिँडेर जान्छ । ब्रोकरको सल्लाहमा निर्णय लिन्छ । उसले के विश्लेषण गर्न सक्दैन भने कुन स्क्रिप्ट राम्रो हो भनेर बुझ्न सक्दैन ।
मीठाइ पसलमा जाँदा पनि कि त आफूले कुन राम्रो हो भनेर बुझ्नु पर्यो । कि त सानैदेखि आमा बुबाले खुवाएको जेरी र रसबरी राम्रो हो भन्नु पर्यो । बजारमा आज आएका नयाँ मिठाइ चिन्न गाह्रो हुन्छ । भने त्यो मिठाइ नकिन्न पनि सकिन्छ । त्यस्तै स्टक मार्केटमा २० वर्षदेखिका कम्पनीमा विश्वास गर्नुपर्यो । होइन भने नयाँ आएका कम्पनीको सेयर लिनुपर्छ । १०० रुपैयाँको सेयर हो २०० रुपैयाँ कसो नपुग्ला भन्ने हिसाबले हाल्दा मान्छेले त्यहाँ फेल खान्छ । बीचमा हाइड्रोले खराब बनायो ।
कम्पनीहरु मर्जमा गए । क्यास नआएर बोनसमा आयो । २ अर्बको बैंक ८ अर्ब पुग्यो । साइज बढ्यो । तर त्यसपछि आउने लाभांशको अनुपात घट्यो । त्यसैले लगानीकर्ताले लगानी गर्नुभन्दा अगाडि स्क्रिप्ट विश्लेषण गर्न सक्नुपर्छ ।
मेरो बिचारमा लगानीकर्ताले ७ वटा कुरा बुझ्नुपर्छ
१) स्क्रिप्ट हेरेर मात्रै लगानी गर्नुपर्छ । कति पुरानो कम्पनी हो, त्यसको वृद्धिदर कस्तो छ ? भोलिका दिनमा कति ग्रोथ गर्न सक्छ जस्ता कुराहरु ख्याल राख्नुपर्छ ।
२) म भोलि अलिकति पैसा कमाएर बेच्छु भन्न हुँदैन । यदि त्यसरी १ हजार मानिसमा ५ सय जनाले मात्रै सोच्ने हो भने अवस्था प्यानिक हुन्छ । मार्केट डाउन हुन्छ । त्यसैले होल्ड गर्न सक्नुपर्छ ।
३) कम्पनीको २/३ वर्षको रेकर्ड हेर्नुपर्छ । कम्पनीको सबल पक्ष हेर्न सक्नुपर्छ । त्यसमा लगानी बढाउने कि ? लाभांश खाएर बस्ने कि भन्ने कुरा बुझ्न सक्नुपर्छ ।
४) आफ्नो इक्विटीको ३० प्रतिशतभन्दा बढी लोनमा जानु हुँदैन् । यसो हुँदा मार्जिन कल गर्दा पनि थेग्छ र ब्याजले पनि थेग्छ । एक तिहाइभन्दा बढी लोन लिन हुँदैन् ।
५) अब ब्याज त बढ्यो, ब्याजदर घटाउने व्यवस्था कसरी गर्न सकिन्छ ? बैंकले, राज्य कसरी हुन्छ त्यो हेर्नुपर्छ ।
६) मार्जिन लेन्डिङ धेरै सजिलो काम हो । एटीएम मसिन जस्तै हो । ६ महिना, ९ महिनाको भ्यालुएसन हुन्छ त्यो हेरेर ४० प्रतिशतसम्म दिने हो । १० प्रतिशतको रिक्स राखेर दिने हो । त्यसमा बैंक नै जानुपर्छ भन्ने छैन । ब्याक अफ गरेर ब्रोकरलाई हुन्छ वा कन्सलटेन्सी कम्पनीलाई हुन्छ उनीहरुलाई काम गर्नका लागि सहजीकरण गरिदिनु पर्छ ।
७) हामी सैद्दान्तिक रुपमा के बुझ्नुपर्छ भने, म नाफा खाएर बिक्री गर्ने, म लामो समयसम्म होल्ड गरेर राख्ने वा मैले लगानीको प्रतिफलबाट आएको रिटर्नले परिवार चलाउने हो त्यो आइसकेपछि त्यो तीन वटाका बेग्ला बेग्लै स्क्रिप्टहरु हुन्छन् । त्यसमा आफूलाई होम्ने हो ।
अब यति भइसकेपछि के हेर्ने त ?
यदि सेभिङ क्लास भयो भने लाभांश बेस्ड जानुपर्छ । ठूलो लगानीकर्ताले होल्ड गर्न सक्नुपर्छ । ५ देखि १५ वर्षसम्म जान सक्नुपर्छ । मध्यम वर्गले आफूलाई चित्त बुझ्दो रिटर्न आएपछि स्क्रिप्ट परिवर्तन गनुपर्छ तर बाहिर आउनु हुँदैन । त्यसले मार्केटमा खरिद बिक्री पनि हुन्छ । र, सबै बाहिर पनि आउँदैन । किनभने अहिले मध्यम वर्गको संख्या ठूलो छ ।
स्क्रिप्ट परिवर्तन गर्ने हकमा म स्क्रिप्ट परिवर्तन गर्दैन् । मैले कम्तीमा ५ देखि १५ वर्षसम्म परिवर्तन गर्दैन् । मैले होल्ड गरेर राख्छु । मैले लगानी गरेको कम्पनीले कुनै समय राम्रो फाइदा दिन्छ भन्नेमा म विश्वास गर्छु ।
अहिलेको बजारलाई विश्लेषण गर्दा एउटा कुरा पक्का के हो भने बजारमा सेन्टिमेन्टस हुन्छ । त्यसले गर्दा नकारात्मक कुरा यसमा आउनु हुँदैन् । दोस्रो कुरा राज्यको भूमिका यसमा छैन । भनेपछि सरकारले गरेका र बोलेका कुराबाट तर्सनु पर्दैन् । तर पनि राज्यले नकारात्मक कुरा गर्नु हुँदैन् । राज्य चलाउने अर्थतन्त्रको इन्डिकेटर पनि स्टक भएकाले नकारात्मक कुरा आउनु हुँदैन् ।
आजभन्दा २० वर्ष अगाडिको कुरा गर्दा एउटा सेयर चाहियो भन्दै मानिसहरु आउँथे । तर आज त्यही मान्छेसँग धेरै सेयर छ । बोनस र राइट सेयर आउँदा धेरै डिम्याट खाताहरु खुलेका छन् । संख्याको सेयर बढीसकेपछि मानिसहरु बजारमा सेयर बिक्री गर्नेको संख्या धेरै भयो । त्यो एकैपटक ठूलो संख्या भयो । तर बजारमा खरिद गर्ने मान्छे भएनन र मूल्य घट्दै गयो । सेयरको ओभर सप्लाइ भयो ।
स्टकको बारेमा विज्ञ राय आउन सकेन । न मिडियाबाट, न विज्ञबाट वास्तविक जानकारी आउन सकेन् । प्राविधिक राय आउन सकेन् । जसले गर्दा मानिसहरु जहिले पनि द्विविधामा रहने भए । विश्वविद्यालयका मानिसहरु जो राजनीतिक रुपमा पूर्वाग्रह राख्दैनन् त्यस्ता मानिसहरुको विज्ञ राय आउन सकेन् । (क्लिकमाण्डूका लागि कमल कुमार बस्नेतसँग गरिएको कुराकानीमा आधारित)