नोटबन्दीका आलोचक नोबेल पुरस्कार विजेता बनर्जीसँग मोदीको भेट



यस वर्षको अर्थशास्त्रतर्फको नोवेल पुरस्कार पाउनेमध्येका एक भारतीय मूलका अमेरिकी नागरिक अभिजित बनर्जीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेका छन् ।

खस्कँदो अवस्थामा रहेको भारतीय अर्थतन्त्र वर्तमान समयमा मोदीको नोटबन्दी निर्णयका कटु आलोचक मानिएका बनर्जीसँग भएको भेट आफैमा आश्चर्यजनक छ ।

मोदीसँगको भेटपछि सामाजिक सञ्जाल ट्विटरमा एक पोस्ट गर्दै बनर्जीले भेटलाई ‘शानदार भेट’ भनेका छन् ।

विपक्षी पार्टी कांग्रेसको न्याय योजनाको आधार तयार पारेका बनर्जीले मोदी सरकारले सन् २०१६ मा गरेको नोटबन्दीको फैसलाको विरोध गरेका थिए । उनले मोदीलाई नोटबन्दी पछिको समस्यालाई नबुझेको टिप्पणी गरेको थिए ।

उनले तत्कालिन समयमा भविष्यमा यसले ल्याउने गम्भीर आर्थिक संकटबारे समेत संकेत गरेका थिए । तत्कालिन समयमा मोदी सरकारले १०८ जना अर्थशास्त्रीलाई जीडीपीको वास्तविक आँकडामा हेरफेर गरेको आरोप लगाइएको थियो । जसमा बनर्जी समेत सामेल थिए ।

मोदीको अर्थ नीतिको आलोचक भए पनि नोबेल पुरस्कार प्राप्त गरेपछिको मोदीसँगको भेट भने सुखद रहेको प्रतिक्रिया दिएका छन् ।

उनले भनेका छन्, ‘मोदी देशका बारेमा जे सोच्छन त्यो निकै फरक छ, भेटमा मोदीले आफ्नो नीतिका विषयमा कुरा गरे, जुन नीति कसरी लागू गरिरहेका छन सो विषयमा समेत कुरा भयो ।’

बनर्जीले भारतको वर्तमान अर्थव्यवस्थामा टिप्पणी गर्दै अहिलेको अवस्थालाई डामाडोर भएको प्रतिक्रिया दिएका छन् । वर्तमान अवस्थामा विकासको तथ्यांक अनुसार कति छिटो सुधार हुनेछ थाहा पाउन गाह्रो भएको भन्दै उनले विगत ५÷६ वर्षमा केही विकास भए पनि अब त्यो विश्वास हटेको बताउँदै आएका छन् । उनले अर्थव्यवस्थाको गती निकै सुस्त भएको बताएका छन् ।


क्लिकमान्डु