सूचिकृत कम्पनीलाई कारवाहीको असर बजारमा,नेप्से सूचकमा गिरावट



काठमाडौं । कात्तिक लागेपछिको पहिलो दिन आइतबार सेयर बजारमा गिरावट आएको छ ।

सेयर बजारमा ४.०३ अंकले गिरावट आएर बजार मापन गर्ने इन्डेक्स ११३३.७१ बिन्दुमा रोकिएको छ । १२८ कम्पनीको ४ लाख २१ हजार ४७४ कित्ता सेयर ११ करोड ३३ लाख ५९ हजार ९५६ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा ११ कम्पनीको कारोबारमा सबैमा गिरावट देखिएको छ । बैंकिङ समूहको ३.९३, विकास बैंक २.६६, निर्जीबन बीमा कम्पनी १६.७३, उत्पादन तथा प्रशोधन १३.३३, जीवन बीमा समूहको उपसूचक २३.३७ अंकले गिरावट आएको छ ।

कारोबार रकमको आधारमा प्रभु बैंक अग्रस्थानमा रहेको छ । बैंकको १ करोड ९ लाख ४६ हजार ७३६ कित्ता सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा एभरेष्ट र नेपाल बैंक रहेका छन् ।

कारोबारमा एनआईबीएल प्रगति फण्ड, सानिमामाइ हाईड्रोपावर, सगरमाथा इन्स्योरेन्सका लगानीकर्ताले कमाएमा छन् भने सिनर्जी पावर डेभलपमेन्ट,सिटी एक्सप्रेस फाइनान्स कम्पनी, गुँरास लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् ।

समयमा नै बार्षिक नविकरण शुल्क नबुझाउने ८१ वटा सूचीकृत कम्पनीलाई नेप्सेले कारबाही गरेको छ । नेप्सेले कारबाही स्वरुप उनीहरुको कारोबार रोक्का गरेको छ । जसको असर आइतबारको कारोबारमा परेको लगानीकर्ताको भनाई छ ।


क्लिकमान्डु