बैंकर्स संघको भद्र सहमति तोडेर बढी ब्याज दिने घोषणा गरेको सेञ्चुरी बैंक किन ब्याक भयो ?



काठमाडौं । असोज अन्तिममा सेञ्चुरी कमर्शियल बैंकले बैंकर्स संघमा भएको भद्र सहमति तोड्दै बढी ब्याज दिने घोषणा गर्यो ।
बैंकर्स संघमा भएकोक भद्र सहमति अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा ९.२५ प्रतिशत र संस्थागत मुद्दति निक्षेपमा ८.५० प्रतिशत मात्रै ब्याज दिन पाइन्छ ।

तर, सेञ्चुरी बैंकले एक सूचना प्रकाशित गरेर संस्थागत मुद्दति निक्षेपमा ८.९९ प्रतिशत ब्याज दिने घोषणा गर्यो ।

सेञ्चुरीले भद्र सहमति तोडेपछि यस विषयले बैंकरहरुबीच खैलाबैला मच्चायो । र, बैंकर्स संघकै पदाधिकरीले सेञ्चुरी विरुद्ध राष्ट्र बैंकमा उजुरी दिए ।

बढी ब्याज दिएर मेरै बैंकबाट अरुले निक्षेप खोसेर लगे, त्यसैले हामीले ब्याज बढाएका हौं,’ कार्यकारी निर्देशक ढकाललाई सीइओ गौतमले ब्रिफ गरे, ‘अरु बैंकले पनि इमानदारीपूर्वक भद्र सहमतिको पालना गर्नु पर्यो ।’

यसरी संघकै पदाधिकारीले सेञ्चुरीलाई बोलाएर सम्झाइदिनु पर्यो भनेर आग्रह गरेपछि राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशन देवकुमार ढकालले सेञ्चुरीका सीइओ तुलसी गौतमलाई बोलाए ।

कार्यकारी निर्देशक ढकालले बोलाएपछि सीइओ गौतम राष्ट्र बैंक पुगे । त्यसपछि ढकालले बैंकर्स संघको भद्र सहमतिको पृष्ठभूमि बताए ।

ब्याजदरलाई बाञ्छित सीमाभित्र राख्न अर्थमन्त्री डा. युवराज खतिवडा र गभर्नर डा. चिरञ्जीबी नेपालको आग्रहमा भद्र सहमति भएको भन्दै उक्त समहतिलाई मानेर अघि बढ्न निर्देशन दिए ।

‘यसरी सहमतिभन्दा बढी ब्याज दिने हो भने बजार बिग्रिन्छ, बजार बिग्रियो भने तपाईंहरुलाई नै अप्ठ्यारो पर्ने हो,’ ढकालको भनाई उदृत गर्दै नियमन विभाग स्रोतले क्लिकमाण्डूसाँग भन्यो, ‘तुरुन्त ब्याक हुनुहोस्, नत्र राष्ट्र बैंक एक्सन लिन बाध्य हुन्छ ।’

छलफलमा सेञ्चुरीका सीइओ गौतमले केही बैंकले आफ्नो बैंकमा भएको मुद्दति निक्षेप बढी ब्याज दिई तानेर लगेका कारण आफू ब्याज बढाउन बाध्य भएको बताए ।

‘बढी ब्याज दिएर मेरै बैंकबाट अरुले निक्षेप खोसेर लगे, त्यसैले हामीले ब्याज बढाएका हौं,’ कार्यकारी निर्देशक ढकाललाई सीइओ गौतमले ब्रिफ गरे, ‘अरु बैंकले पनि इमानदारीपूर्वक भद्र सहमतिको पालना गर्नु पर्यो ।’

कार्यकारी निर्देशक ढकालले तत्काल ब्याक हुन निर्देशन दिएपछि सीइओ गौतम ‘भोलि नै भद्र सहमति अनुसारको ब्याजदर सार्वजनिक गर्छु’ भन्दै बाहिरिए ।

र, असोज ३० गते सेञ्चुरी बैंकले संस्थागत मुद्दति निक्षेपमा ८.५ प्रतिशत र नविकरणमा ८.६० प्रतिशत ब्याज दिने सूचना प्रकाशित गर्यो ।

सेञ्चुरी बैंकले १ दिन भद्र सहमति तोडेर १ अर्ब रुपैयाँ निक्षेप तानेको बैंकका अधिकारीहरु बताउँछन् ।


पुष्प दुलाल