नेप्सेले रोक्यो ८१ वटा कम्पनीको सेयर कारोबार



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत ८१ वटा कम्पनीको सेयर कारोबारमा रोक्क लगाएको छ ।

नेप्सका अनुसार ती कम्पनीहरुले आर्थिक वर्ष सुरु भएको पहिलो तीन महिना भित्रमा बुझाउनु पर्ने वार्षिक नवीकरण शुल्क नबुझाएपछि कारोबार रोक्का भएको हो । नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार कम्पनीहरुले धितोपत्र सूचीकरण विनियमावली २०७५ विनियम १६ (१) बमोजिम पहिलो त्रैमाससम्ममा तिनुपर्ने शुल्क नतिरेको कारण कारोबार रोक्का भएको हो । 

उनीहरुले नवीकरण शुल्क तिरेपछि कारोबार हुने छ । समयमा नै नविकरण शुल्क नतिर्ने कम्पनीमा १९ वटा माइक्रोफाइनान्स कम्पनी, व्यापार समूहका ३, होटल २,  अन्य २, उत्पादन मुलक ११, डेभलपमेन्ट बैंक १८ वटा, बीमा २ वटा,  वित्त कम्पनी ११ र जलविद्युत कम्पनी १३ वटा रहेका छन् । यी कम्पनीहरुले वार्षिक नवीकरण शुल्क बुझाएपछि भने कारोबार खुला हुने नेप्सेले जनाएको छ ।


क्लिकमान्डु