यसरी भर्नुहोस् राष्ट्रिय वाणिज्य बैंकको निःशुल्क तालिमको फाराम (नियम र प्रक्रियासहित)




काठमाडौं । वित्तीय क्षेत्रमा भविष्य बनाउन चाहने युवाहरुलाई लक्षित गरी राष्ट्रिय वाणिज्य बैंकले तीन दिने निःशुल्क तालिम दिने योजना सार्वजनिक गरेको छ । उक्त तालिम लिन चाहने आवेदकले अनलाइन फाराम भर्नुपर्ने बैंकले जानकारी दिएको छ ।

तर उक्त अनलाइन फाराम कसरी भर्ने त ? फाराम भर्न के-कस्ता योग्यता र सर्तहरु छन् त ? फाराम भर्न सबैले पाउँछन वा पाउँदैनन ? यो चासोको विषय बनेको छ ।

राष्ट्रिय वाणिज्य बैंकले नि:शुल्क तालिम दिने, आबेदन दिन आह्वान

आज हामी यही दुविधालाई समाधान गर्नका निमित्त फाराम भर्ने सर्त र प्रक्रिया तपाईहरु समक्ष पेश गरेका छौ ।

यस्ता छन तालिममा छानिनका लागि आवेदकमा हुनुपर्ने मापदण्ड 

१. व्यवस्थापन संकायमा स्नातक तह पास गरेको वा अन्तिम वर्षको नजिताको पर्खाइमा रहेको विद्यार्थी हुनुपर्ने ।

२. २८ वर्ष ननाघेको ।

३. न्यूनतम ३.० जिपिए वा ५० प्रतिशत प्राप्ताङक हुनुपर्ने ।

४. सिमांकृत वा पिछडिएका वर्गलाई ग्राहयता दिइने ।

५. अहिलेका लागि यो योजना प्रदेश नं ३ का लागि मात्र खुलाइएको हुनाले आवेदक प्रदेश नं ३ को हुनुपर्ने । अन्य प्रदेशका लागि यो योजना छिट्टै सार्वजनिक गरिने ।

६. आवेदकमध्येबाट कुल ३० जना आवेदक तालिमका लागि छनौट हुने ।

कसरी भर्ने त आवेदन ?

अनलाइन आवेदन भर्नका लागि निम्न प्रक्रिया अपनाउनुहोस् ।

१ . कुनै ब्राउजरमा गई तलको फोटोमा देखाइए जस्तै www.rbb.com.np टाइप गर्नुहोस् ।  

२. त्यसपछि आउने स्क्रिनमा देखिने इम्पावरमेन्ट एकेडेमी अप्सनमा क्लिक गर्नुहोस् ।

३. स्क्रिनमा देखिएजस्तै फाराममा विस्तृत विवरण र आवश्यक कागजात अपलोड गर्नुहोस् ।


४. सबै प्रक्रिया पूरा भएपछि स्क्रिनमा देखिने सबमिट बटन क्लिक गर्नुहोस् ।

 


क्लिकमान्डु